अब राष्ट्रिय दल कति ? २ लाख ७० हजार मत ल्याए मात्र समानुपातिकमा सिट पाइने

काठमाडौँ । स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ ।

नयाँ पत्रिकाको अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा र बढीमा फोरम लोकतान्त्रिकले समानुपातिकमा ३ प्रतिशत कटाउन सक्छन् । त्यसो हुँदा यी दल राष्ट्रिय दल बन्न सक्नेछन् । तर, प्रत्यक्षमा एक–दुई सिट जित्न सक्ने नेमकिपाजस्ता दलले समानुपातिकमा ३ प्रतिशत ल्याउन नसक्ने हुँदा राष्ट्रिय दल बन्न गाह्रो छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट ल्याउन कम्तीमा तीन प्रतिशत अर्थात् २ लाख ७३ हजार मत कटाउनुपर्छ । त्योभन्दा कम मत ल्याउने दल समानुपातिकको वितरण प्रणालीबाट बाहिर हुनेछन् । स्थानीय तह निर्वाचनमा १ करोड ४१ लाख मतदातामध्ये ९१ लाख २६ हजार मत खसेका थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता रहेकाले मत पनि बढी खस्नेछ । यस्तो अवस्थामा दलले समानुपातिकमा सिट दाबी गर्न पनि अझ बढी मत ल्याउनुपर्ने हुन्छ ।

 

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo