चुनाव नजिकिएसंगै बढ्यो एमाले प्रबेशको लहर : बुढानिलकण्ठ कांग्रेसका १५ क्रियाशिल सदस्य पार्टी छोडेर यसरी गरे एमालेमा प्रवेश

काठमाडौ । बुढानिलकण्ठ नगरपालिका–१ का नेपाली कांग्रेसका क्रियाशिल सदस्यसहित १५ जना एमाले प्रवेश गर्नुभएको छ ।

एमाले प्रवेश गर्नेमा कांग्रेसका क्रियाशील सदस्य उत्तम भण्डारी ,नेपाल तरुण दल बुनपा १ का रोहित लामा,शिव थापामगर,राजु लामा,सुरेश तामाङ, तिर्थ तामाङ लगायत हुनुहुन्छ । उहाँहरुलाई एमालेका केन्द्रिय सदस्य तथा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र न. ४ का उम्मेद्धवार डा. राजन भट्टराईले प्रवेश गराउनु भयो ।

कांग्रेस छाडेर एमाले प्रवेश गर्नेहरुले दुई कार्यकाल लगातार उक्त क्षेत्रबाट प्रतिनिधिसभामा बिजय भएका कांग्रेसका सांसदले उक्त क्षेत्रको बिकास गर्न ध्यान नदिएको भन्दै एमाले प्रवेश गरेको बताउनुभयो । उक्त क्षेत्रबाट सुप्रभा घिमिरे र गगन थापा सांसद हुनुभएको थियो । कांग्रेसले निर्णय गरि नसकेको भएपनि उक्त क्षेत्रबाट फेरी गगन थापा निर्वाचन लड्ने संभावना छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा बोल्दै एमाले उम्मेद्धवार डा. भट्टराईले क्षेत्र नं ४ को समग्र विकासको लागि योजना निर्माण गरेर अगाडी बढ्ने बताउनु भयो । उहाँले क्षेत्रको विकासको प्रष्ट खाका आफूसँग भएको भन्दै जनप्रतिनिधिहरुको सक्रिय सहभागिता र पहलमा कार्यान्वयन गर्दै अघि बढ्ने बताउनु भयो ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo