दोश्रो डागिहाट गाेल्डकप फुटबलमा अायोजक निलोलाई हराउदै रारा धनकुटा फाईनलमा

पथरी ।  माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दोश्रो डागिहाट गाेल्डकप २०७४ मा रारा धनकुटा बिजयी भएकाे छ ।

डागिहाट अायाेजकलाई २ का बिरुद्घ ४ गाेल गर्दै रारा धनकुटा बिजयी भएकाे छ । झापा ११, निराजन खड्का, संजाेग राई र नाईजेरियन पिटर सहित मैदान उत्रिएकाे रारा धनकुटाले अायाेजकलाई खेलकाे २२ अाै मिनेटमा याेगेस गुरुङकाेकाे पासमा संजाेग राईले सुन्दर गाेल गरे । २५ अाै मिनेटमा विशाल राईकाे पासमा याेगेस गुरुलेले गाेल गर्दै २ गाेलकाे अग्रता बनाए भने ३१ अाै मिनेटमा दिनेश लाेक्तामकाे पासमा खमिर कन्दङवाले गाेल गर्दै ३ गाेलकाे अग्रता दिलाए ।

रारा धनकुटाले एकतर्फी दबावमा राखेकाे अायाेजकलाई दाेस्राे हाफकाे ४९ अाै मिनेटमा याेगेस गुरुङले वान भर्सेस वान बलमा गाेल गर्दै ०-४ काे अग्रता दिलाए । खेलमा अायाेजकका खेलकाे ५५ मिनेटमा भक्त भण्डारीकाे पासमा देवराज राईले १ गाेल गर्दै खात खाेले भने खेलकाे ७३ अाै मिनेटमा बिपिन लिम्बुकाे पासमा अायाेजकका अनिस घिमिरेले अर्काे गाेल गर्दै खेल २-४ मा पुर्याए । त्यसपछि कुनै गाेल हुन सकेन खेलमा रारा धनकुटा बिजयी भयाे ।

खेलकाे म्यान अफ द म्याच रारा धनकुटाका संजाेग राई घाेषित भए । बुधबारहुने फाईनल खेल डि एफ सि राताे र रारा धनकुटा बिच हुनेछ । नेपाल अाईस बियर, बुद्घ एयर र दिरिवर अाेबरसिजकाे प्रायाेजकमा तथा डागिहाट युथ क्लवकाे अायाेजकमा सुरु भएकाे गाेल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र प्रप्त गर्ने छन ।-पूर्बेली न्यूजबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo