दोश्रो डागिहाट गोल्डकपको उपाधि अायाेजक डागिहाट रातोलाई २ का बिरुद्घ ४ गाेल गरिदै रारा धनकुटालाई

पथरी । माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ काे उपाधि रारा धनकुटाले चुमेकाे छ । अायाेजक डागिहाट रातोलाई २ का बिरुद्घ ४ गाेल गर्दै रारा धनकुटा बिजयी भएकाे हाे । दुबै तर्फबाट राष्टिय खेलाडीले भरिएकाे खेलमा खेलकाे ५ अाै मिनेटमा रारा धनकुटाका भरत खवासकाे पासमा बुद्ध चेम्जाेङले गाेल गर्दै खाता खाेलेका थिए । खेलकाे १६ अाै मिनेटमा बिमल घर्तिमगरले हानेकाे कर्नरलाई बिजय धिमालकाे क्रसमा दिपक राईले उत्कृष्ट हेड गर्दै खेल बराबरी बनाए ।

निकै राेचक र अाक्रमक खेलमा दाेस्राे हाफकाे ४८ अाै मिनेटमा रारा धनकुटाका खमिर गिल्सनले सानाे डिबक्स भित्रकाे रि-बाउड भएकाे वल गाेल गरे भने २ मिनेट बित्न नपाउदै ५० अाै मिनेटमा रारा धनकुटाका भरत खवासले अर्काे गाेल थप्दै खेल ३-१ काे अग्रता बनाए । दर्शककाे साथ पाएकाे अायाेजकले ६२ अाै मिनेटमा बिमल घर्तिमगरले १ गाेल गर्दै खेल २- ३ अन्तरमा छारे भने खेलकाे ७२ अाै मिनेटमा खमिर गिल्सनले पुन गाेल गर्दै धनकुटालाई ४-२ काे अन्तरमा उपाधी दिलाए ।

खेलकाे म्यान अफ द म्याच भरत खवार रारा बेष्ट काेच मणि चेम्जाेङ रारा राईजिङ प्लेयर नवीन गुरूङ डि.एफ.सि. बेष्ट गाेल किपर दिनेश थापामगर रारा बेष्ट डिफेन्डर देबेन्द्र मगर रारा बेष्ट मिडफिल्डर विशाल राई डि.एफ.सि. बेष्ट फर्वड दिपक राई डि.एफ.सि. हाई स्काेर र म्यान अफ द सिरीज याेगेस गुरूङ रारा घाेषित भए । बुधबारहुने फाईनल खेल डि एफ सि राताे र रारा धनकुटा बिच हुनेछ । नेपाल अाईस बियर, बुद्घ एयर र दिरिवर अाेबरसिजकाे प्रायाेजकमा तथा डागिहाट युथ क्लवकाे अायाेजकमा सुरु भएकाे गाेल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।-पूर्बेली न्यूजबाट

 

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo