ला लिगा : बार्सिलोनाको अपराजित यात्रा कायमै

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले पूछारमा रहेको मालागालाई २-० ले हरायो।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान आन्द्रेज इनेस्टा र जेरार्ड डेउलेफेले गोल गरे।

जितपछि ९ खेलबाट २५ अंक जोडेको बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। मालागाको भने यो आठौँ हार हो। ९ खेल खेलेको मालगाले अहलेसम्म क्नै खेल जित्न सकेको छैन भने एक खेल बराबरी गरेको छ।

समान खेलबाट २१ अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ। भ्यालेन्सियाले घरेलु मैदानमा सेभियालाई ४-० ले पराजित गरेको हो। गोन्सालो गुएडेसले २ तथा सिमोन जाजा र सान्ती मिनाले १-१ गोल गरे।

यता अलाभेजलाई २-० ले पराजित गरेको रियल बेटिस पाँचौ स्थानमा उक्लेको छ भने सेभिया छैटौँ स्थानमा उक्लेको छ। ८ खेल खेलेका रियल मड्रिड र एथ्लेटिको मड्रिड क्रमश: तेस्रो र चौथो स्थानमा छ।-पहिलो पोष्टबाट

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo