मंसिर १० गतेको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी : निर्वाचन आयोग

काठमाण्डौ । निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले उम्मेदवार मनोनयनका लागि ३२ वटैै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।

 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह समेत गरेको छ ।

त्यसैगरि मनोनयन दर्ताका लागि शनिबार नै आयोगका कर्मचारी सम्बन्धित कार्यालयमा पुगिसकेको आयोगको भनाई छ । त्यसैगरि आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेपछि उम्मेदवारको हकमासमेत निर्वाचन आचारसंहिता लागू भइसकेको जनाएको छ ।-न्यूज२४

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo