हडर्सफिल्डले म्यानचेस्टर युनाइटेलाई ६५ वर्षपछि यसरी हरायो

कात्तिक ५ – इंग्लिस प्रिमियर लिगको यो सिजनमा अपराजित रहँदै आएको म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनसँग पहिलो हार बेहोरेको छ । शनिबार भएको खेलमा हडर्सफिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई २–१ को गोल अन्तरले हराएको छ ।

हडर्सफिल्डका लागि आरोन मोयले खेलको २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । मोयले युनाइटेडका गोलरक्षक डेभिड डे गेयाबाट रिबाउन्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए । लरेन्ट डेपोएट्रेले हडर्सफिल्डका लागि दोस्रो गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका तर्फबाट भने मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

सन् १९५२ पछि हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो जित हात पारेको हो । शनिबारको खेलपछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि परेको छ । ९ खेलबाट युनाइटेडको २० अंक रहेको छ भने समान खेलबाट सिटीको २५ अंक रहेको छ ।-उज्यालो अनलाइनबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo