टुप्पामा पुगेकाहरुले बिर्सेका भुईंमान्छेहरु…

जीवनप्रसाद राई । आजभन्दा चालिस बर्ष पहिला सारै लोकप्रिय थिए यी गीतहरु…

१) बसाई हिड्नेको ताँतीले बस्नेको मनै रुवाँउछ ।
लाखौको लागि उजाड छ यो देश, मुठीभर लाई त स्वर्ग छ ।।

२) गाँउ गाँउबाट उठ । बस्ती बस्तीबाट उठ । यो देशको मुहार फेर्नलाई उठ ….

अहिले चालिस बर्ष पछि पनि यी गीतहरु उत्तिकै लोकप्रिय नै छन् । त्यो बेला पंचायती सत्ता परिवर्तन गरेर नेकपा एमालेले मुलुकको मुहार फेर्नका लागि भनेर यी गीतहरु जन-जनमा लोकप्रिय बनाएका थिए । अहिले त्यही गीतहरु पुनः एमालेले प्राप्त गरेको अवसरहरुलाई मुलुकका हितका खातिर परिवर्तनकारी काम गर्न नसकेका कारण लोकप्रिय भएका छन । ४० बर्षको अन्तरालमा उही ब्यक्ति र पार्टीले लोकप्रिय बनाएका गीतहरु पुनः ४० बर्ष पछि पनि उही ब्यक्ति र पार्टीहरुका निमित्त नै लोकप्रिय हुनु गीतका लागि सदाबहार भएपनि जनता र मुलुकका लागि भने यो दु:खद क्षण हो ।

(जीवनप्रसाद राई )

यस्तै गीत, साहित्य, रचना, वलिदान र संषर्घहरुका बीच सदियौं देखि नेपाललाई बनाउने भनी ज्यानको बाजी राखेर क्रान्ति गरेको नेकपा एमालेले कैयौपटक सत्ता आरोहणको अवसर प्राप्त गर्यो,आफुले कबोल गरेको बाचाहरु हामीले किन पुरा गर्न सकेनौ र हिजो हामीलाई सत्तासम्म पुर्याउने नागरिकहरुलाई किन वेवस्ता गरियो भन्ने जिम्मेवारीले ओतप्रोत भएर लेखिएको पुस्तक हो भुइँमान्छे ।

 

डा. विन्दा पाण्डे एक विद्धान, अध्ययनशील, विवेकी र लगनशील हुनुका साथै नारी पनि हुन । प्रकृतिले नारीहरुलाई आमा बन्ने स्वर्णिम अवसर दिएको हुन्छ । यही ममतालाई उपयोग गर्दै हिजोका दिनमा आजको एमाले बनाउनका लागि साथ र सहयोग दिने पुस्तालाई खोज्ने श्रुखंलाको दस्तावेज नै भुइँमान्छे हो ।

अथक प्रयास र मेहनतबाट यो पुस्तक लेख्ने हिम्मत मात्रै गरिनन डा. पाण्डेले । पार्टी भित्रका गलत क्रियाकलापहरु बिरुद्ध पनि उनि उत्तिकै खरो उत्रिन सक्छिन यसैले त उनीलाई नेतृत्वले मौखिक रुपमै निलम्बन पनि गर्छन । तर उनमा रहेको अथाह अडान र साहस राख्ने चट्टन रुपी रुप प्रस्तुत गर्दै नथाकीकन देशभर छुटेका भुइँमान्छेहरु खोज्नका लागि कहिले कोशी, कहिले कर्णाली, कहिले सुदुरपश्चिम यात्रामा निस्कन्छन । यो उहाँको पार्टीले दिएको जिम्मेवारी होईन तर स्वनिर्मित जिम्मेवारी हो । हिजोका दिनमा पार्टीले प्रयोग गरेका नागरिकहरुको आस्थालाई थोरै भएपनि, शब्दले भएपनि सम्बोधन गर्ने प्रयास पनि हो । साँच्चिकै मन सफा राखेर सेवा गर्नेहरुले भविष्यमा कुनै पनि लाभको आश गर्दैनन । नेकपा एमाले बनाउनका लागि हिजोका दिनमा ज्यानको बाजी राखेर काम गर्नेहरुले एमाले र सरकारबाट खासै आश नगरे पनि पार्टीले पुरै बिर्सनु भनेको अन्याय नै हो । त्यसैले भुइँमान्छे पुस्तकले हिजोका दिनमा पार्टी निर्माणका लागि होमिएका नागरिकहरुको सम्बोधन हुनु एउटा सानो हिस्साको न्याय पनि हो । त्यस्तै न्याय दिने पुस्तक नै भुइँमान्छे हो ।

भुइँमान्छे नेपाली सम्पुर्ण वामपन्थीहरुको एकिकृत दस्तावेजको रुपमा प्रस्तुत गर्दा पनि कसैलाई अन्याय हुदैन । सबै वामपन्थीहरुको लक्ष्य मुलुकलाई अघि बढाउने र जनतालाई संमृद्धि बनाउने हो । यसैले सबै वामपन्थीहरुले टेक्ने एउटै भुगोल हो र तिनै भुइँमान्छेहरु हुन । उहिलेका वामपन्थीहरु र अहिलेको वामपन्थीहरुमा आकाश जमिनको फरक छ । हिजोका दिनमा जति दुःख नेपालीजनमा थियो त्यो दुःख अहिलेका कुनै पनि पुस्ताले देखेनन् । पार्टीका नयाँ नयाँ कमरेडहरुले पनि त्यो हिजोको दिनको दुःख थाहा हुने कुरै भएन तर भुइँमान्छे पुस्तक एक त्यस्तो दस्तावेज हो जुन पुस्तकले हिजोको नेपालीहरुको दुःख र हिजोका दिनमा नेकपा एमालेले गरेको र भोगेको दुःख र पिडाहरु प्रसस्तै मात्रामा झल्कन्छन । यसैले यो पुस्तक आजको एमालेको कथा ऐना जस्तै छर्लाङगै बनाउने दस्तावेज पनि हो ।

एमाले के हो ? यो कसरी बन्यो भन्ने बुझ्नका लागि पनि यो पुस्तक पढ्न जरुरी छ अहिलेको पुस्ताले । अझ एमालेमै आफ्नो भविष्य देख्नेहरुले र भोलिका दिनमा सत्ता र नेतृत्व लिन चाहनेले त झनै महत्वपुर्ण हुनेछ ।

प्रतिबन्धित अवस्थामा रहदाँ नेकपा एमालेले जति प्रभावकारी तरिकाले काम गरेको थियो त्यो केवल ईमान्दारिता, स्वच्छ भावना र नैतिकताका कारणले थियो भन्न सकिन्छ । आजको दिनमा जुन खुला संसदीय अभ्यासमा ईमान्दारिता र नैतिकता हराएको छ भन्ने बिषय बुझ्न अरु बिषय उठाई रहनै पर्दैन भुइँमान्छेहरुको कथा मात्रै अध्ययन गरे पनि पुग्छ । पुस्तकमा सकारात्मकता ज्यादै छ नकारात्मक पाटोमा लेखक हिडेका छैनन । खोज्नेहरुले पुस्तकमा नकारात्मकता पनि थुप्रै भेट्नेछन तर टिप्पणीकारका रुपमा मैले भने धेरै चाहि सकारात्मकता नै भेटेको छु ।

हिजोका दिनमा नेकपा एमाले बनाउनका लागि महिलाहरुकै प्रमुख देन थियो त्यो प्रसंग पुस्तक पल्टाउँदा देखि अन्तिम पाना पल्टाउँदा सम्म भेटिन्छन तर हिजोका दिनमा महिलाहरुले गरेको त्यो योगदान पनि पुस्तकका पानामा मात्रै सिमित छन । नेकपा एमालेले आदर्श, नैतिकता र बफादारिता पुर्ण काम गर्नका लागि समेत महिलाहरुकै महत्वपुर्ण नेतृत्व खोजिरहेको भान हुन्छ ।

हिजोका भुइँमान्छेहरुका कथालाई स्वर्णिम बनाउन, नेपाली नागरिकहरुले चाहेको जस्तो समाज निर्माणका लागि नेकपा एमालेको योगदान हिजोका दिनमा जति थियो त्यो भन्दा ज्यादै ठुलो योगदान अबको दिनमा आवश्यकता छ ।

प्रस्तुत पुस्तकले हिजोको ईतिहासलाई राम्रोसंग केलाएको भएपनि अबको दिनमा कस्तो बाटो तय गर्ने ? भन्ने सन्दर्भमा मौन रहेको छ । त्यसो भएमा यो पुस्तक विवादित र आलोचित पनि हुनेथियो सायद । आजको नेकपा एमालेको हिजोको आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे पुस्तकले झण्डै झण्डै मेटिसकेको भुइँमान्छेहरुको ईतिहास र कथाहरु अनि पार्टीले समेत भुलिसकेका भुइँमान्छेलाई डा. विन्दा पाण्डेले पुस्तकमा उतार्न जुन साहस र हिम्मत गरेका छन त्यो आफैमा महान काम हो । यस कामका लागि डा. विन्दा पाण्डेलाई सिंगो एमाले पार्टी पंक्तिले साथ, सहयोग, सम्मान र प्रसंशा हुनुपर्ने हो त्यसो नहुनु अर्को दुखद् हो । भुइँमान्छेहरुलाई र भुइँमान्छे खोज्नेलाई नेकपा एमालेले चाडै न्याय गर्न सक्ने शक्ति पशुपतिनाथले प्रदान गरोस हार्दिक शुभकामना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖