धनकुटाको भीरगाऊस्थित माविमा अत्याधुनिक विज्ञान प्रयोगशाला


धनकुटा । धनकुटाको भीरगाऊस्थित श्रीमान टंक माद्यमिक विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ६ लाख ५० हजार आर्थिक सहयोगमा विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला जडान गरिएको हो । विज्ञान प्रयोगशाला जडान गरिए सँगै विद्यार्थीहरुको पढाई अझ प्रभावकारी र गुणस्तिरिय वन्ने विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माले वताउनुभएको छ ।

यसका साथै विद्यालय परिषरमा २० वटा सिसिटिभी क्यामरा पनि जडान गरिएको छ । धनकुटा नगरपालिकाको १ लाख ५० हजार लगतमा विद्यालयको कक्षा कोठा र परिषरमा जम्मा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा जडान गरिएका ती सामाग्रीहरुको आईतवार एक कार्यक्रमको वीच १ नं प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुलीले समुद्घाटन गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य पराजुलीले समृद्ध नेपाल निर्माणका लागि सवैजना आ-आफ्नो क्षेत्रवाट लगी पर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ को सम्भावना,चुनौतीको वारेमा जानकारी गराउदै विकास निर्माणमा प्रदेश सरकारले गर्दै आएको प्रयासको विषयमा प्रष्टपार्नुभएको थियो । यसकासाथै उहाँले सो विद्यालय र वडाको समस्या समाधान गर्न आफु सधै प्रयत्नशिल रहेने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तैगरी कार्यक्रमका विशेष अतिथि एवम् २ नं वडाध्यक्ष चन्द्रलाल तामाङले सामुदायीक विद्यालय सुधारका लागि विद्यालय प्रशासन,शिक्षक,अभिभावक तथा विद्यार्थी सवैको साझा प्रयास जरुरी रहेको धारणा राख्दै यो विद्यालय प्रविधिमैत्री वन्दै गएको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयमा उल्लेखित सामाग्री जडानका लागि सहयोग गरेको प्रति प्रधानाध्यापक विश्वकर्माले सामाजिक विकास मन्त्रालय र नगरपालिका प्रति आभार व्यक्त गर्दै यसको संरक्षण र प्रयोगमा ध्यान दिन शिक्षक तथा विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । स्वागत मन्तव्य विद्यालयका सह-प्रधानाध्यापक पुष्कर गुरागाईले राख्नुभएको कार्यक्रममा टोलवस्तिको तर्फवाट डम्वर गुरागाई, वडा सदस्यहरुको तर्फवाट रमा वराल लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङ सहित विभिन्न टोल वस्ति, विद्यालय व्यवस्थापन समितिका पादधिकारी र वुद्धीजीवि समाजसेवी,अभिभावकहरुकोले उपस्थिती जनाएको कार्यक्रममा दशै तिहारको शूभकामना आदान प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको चुलिबनमा तेजपात लगायतका बिरुवा रोपियो

धनकुटा खबर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वृक्ष रोपण गर्दै आफ्नो २५

कांग्रेस धनकुटाको प्रविधिमैत्री जुममा सिर्जना प्रस्तुती

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले आज प्रविधिमैत्री जुम मार्फत सिर्जना प्रस्तुती कार्यक्रमको

पाख्रीबास नगरपालिकाले १० वटै वडामा छ,र्कियो फौजि किरा मा र्ने औषधी

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको दश वटै वडाका किसानले लगाएको १ सय

धनकुटालाई २ अर्व २७ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन

धनकुटा खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७ र ०७८ का

अनलाईन टिभी