fbpx

नेपालले चीनसँग के-के मा सम्झौता गर्दैछ ? हेर्नुहोस् प्रदिप ज्ञवालीको सनसनीपूर्ण खुलासा (भिडियो सहित)


काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ ।

बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका हुन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने तयारी भइरहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौता हुने स्पष्ट पार्दै सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको जानकारी दिए ।

तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ । यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने ज्ञवालीले बताएका छन् ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
लिपुलेक र कालापानी बारे नेपालसँग कुनै प्रमाण छैन, गफ गरेर मात्रै हुँदैन् (भिडियो सहित)

काठमाडौं । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले

नेताहरुलाई चे’तावनी- काम गर, भट्टीमा गएर मो’जमस्ती नगर (भिडियो सहित)

काठमाडौं । नेविसंघका निवर्तमान महामन्त्री सरोज थापाले संघको अध्यावधिक निर्वाचन भएर नेतृत्व आउनुपर्नेमा

‘स्थानीय जनशक्ति र अध्ययन बिना सुरुङमार्गको सपना बालुवामा पानी हाले जस्तै’

यातायात पारवहनको लागि महत्त्वपूर्ण हुने ठानिएको नागढुङ्गा-नौबिसे सुरुङमार्गको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले

चिनियाँ राष्ट्रपतिको भ्रमणले सबैभन्दा बढी १ नम्बर प्रदेशलाई लाभ पुग्ने प्रदेश सरकारको दा’बी

विराटनगर । दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सि जिङपिङको