fbpx

बैदेशिक रोजगारबाट फर्केका धनकुटाका यी युवा जसले गाऊकै भाईसँग मिलेर बनाए यस्तो ‘ट्री हाऊस’ (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा ट्री हाउस निर्माण गरिएको छ । ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आषर्ण गर्ने, स्थानिय भाई वहिनीहरुका लागि केही रोजगारीको अवसर र्सिजना र वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्षका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो ।

हेम र प्रेमले आफ्नै जग्गामा करिव ३ लाख वढी आर्थिक लागतमा यो ट्रि हाउस निर्माण गरेका हुन् । ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किनुभएका ३१ वर्षका हेम र गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहनुभएका २६ वर्षका प्रेमले निर्माण गरेको ट्री हाउस यही दशैको नवामीको दिन उद्घाटन गरिएको हो ।

यो हाउस उद्घाटन गरेदेखी यता त्यहा मानिसहरुको आवतजावतको क्रम पनि राम्रै भईरहेको प्रेम लिम्वुले वताउनुभयो । आफ्नै ठाउँमा केही राम्रा र व्यवसायीक काम गरौ भन्ने चाहना भए पनि घरको न्यून आर्थिक स्थितीको कारण २०५९/६० साल तिर वैदेशिक रोजगारीका लागि कतार जानुभएका हेमको आफ्नो ठाउँमा केही गर्ने चाहना पुरानै हो । हेम विदेशवाट फर्केर आईसकेपछि परिवारका सदस्यले अरु जस्तै सुविधा युक्त ठाउँमा वसाई सरेर जाने करकाप भने नगरेको होईन ।

तर परिवारको त्यो कुरालाई वेवास्ता गर्दै आफ्नो सोच पूरा गर्न तर्फ हेम लाग्नुभयो । हेमको जस्तै ईच्छा अहिले सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहनुभएका प्रेम को पनि थियो । र छिमेकी दाईभाई दुई जनाले मिलेर सञ्चालन गरेको ट्री हाउस वरको रुखमा निर्माण गरिएको छ ।

अहिले उनीहरुले ट्री हाउस पूरा निर्माण पनि गरिसकेका छैनन् । अझ यसलाई सुन्दर र व्यवस्थित वनाउदै त्यही क्षेत्रमा अरु काम पनि गर्ने योजना रहेको उनीहरुले वताएकाछन् । जसलेगर्दा त्यहाँका स्थानियलाई केही सिकाई भएर वसाई सराईको क्रम न्यून हुँदै जाने,पर्यटक आगमन वृद्धी हुने अपेक्षा र केही स्थानिय व्यक्तिलाई रोजगारी पनि दिलाउने उनिहरुको लक्ष छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको पाख्रीवासमा बन्दैछ यस्तो भ्यूटावर

धनकुटा खबर । पर्यटक प्रवद्र्धनको गर्दै नगरको विकासमा टेवा पुर्याउने लक्ष राखी धनकुटाको

अन्ततः आज नहुने भयो मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज

सरकार ‘मताहा हात्ति’को शैलीमा अगाडी बढ्यो : नेता पौडेल

धनकुटा खबर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार ‘मताहा हाति’को शैलीमा