शुभेच्छा थापा द्वारा निर्देशित ‘लक्ष्मी रानी’लाई पिजी


काठमाडौं : चलचित्रत्र ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ले पिजी सर्टिफिकेट पाएको हो । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् ।

चलचित्रमा नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।

चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् ।

चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् भने सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् नायिका आँचल शर्मा (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि

आज प्रसारित “हल्का रमाइलो” को २९ औ भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार

कस्ले पाउला पु: न इन्ट्री ? हेर्नुहोस् नेपाल आइडलबाट टप १० मा पुगेर बा हिरिएकाहरुको आजको प्रस्तुति

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ

नेपाल आ इडलमा को होला त त्यो भा ग्यमानी ? जो बा हिरिएर पनि वाइल्ड कार्ड मार्फत पुनः प्रवेश गर्दै

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ

अनलाईन टिभी