पाख्रिबासकी साबित्रा बनिन् पहिलो ‘मिस धनकुटा-२०१९’


धनकुटा,असोज ३० । महिलाकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंको आयोजनामा धनकुटामा सम्पन्न मिस धनकुटा–२०१९ मा धनकुटाका २७ जना युवती प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाख्रिबास ३ की साबित्रा घिमिरे(रोजा नानु) प्रथम मिस धनकुटा २०१९ को ताज लाउन सफल भएकी छिन् ।

घिमिरे हाल जालपादेवी क्याम्पस पाख्रिबासमा स्नातक चाैथाे बर्षमा अध्यनरत रहनुका साथै यसै क्याम्पसको स्ववियु सभापति समेत रहेकी छन् । प्रतियोगितामा घिमिरेको प्रतियाेगी अंक २४ रहेको थियो ।

उक्त ताज संगै साबित्राले स्कुटरसहित १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने भएका छन् ।

त्यस्तै फस्ट रनरअप सोनी कार्कीले नगद ४० हजारसहित पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् भने सेकेण्ड रनरअप निरुता सुब्बाले नगद २० हजारसहित एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् ।

हिजो साँझ धनकुटा–७ स्थित त्रिवेणी स्कूलको प्राङ्गणमा संचालित कार्यक्रमलाई प्रस्तोता रिमा विश्वकर्माले संचालन गरेका थियो भने निर्णायकमा महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मा लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
धनकुटामा पनि दिपावली गरेर गणतन्त्र दिवश मनाईने

धनकुटा खबर । गणतन्त्र स्थापना पछि जेठ १५ गते मनाइदै आइएको गणतन्त्र दिवश

धनकुटामा टायम कार्ड पालन भएन – चहल पहल समेत बढ्दै

धनकुटा खबर । प्रशासन उद्योग वाणिज्य संघ लगायतका सघ संस्थाहरुले लकडाउनका सयममा दैनिक

लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम कार्ड – पूर्ण रुपमा पालना गर्न सबैलाई अनुरोध

धनकुटा १३ जेष्ठ, लक डाउनका सयममा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु खरिद तथा

धनकुटामा थप १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ – आज पुनः २२ जनाको स्वाव पठाईयो

धनकुटा खबर, जेष्ठ १२ । पिसिआर परिक्षणका लागि आज धनकुटावाट २२ जनाको स्वाव

अनलाईन टिभी