कलंकी–नौबिसे सडक म’र्मत सुरु : अब एकतर्फी मात्र सवारी सञ्चालन हुने


काठमाडौं ।काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा स’मस्या हुने भएको छ । कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर म’र्मत गर्न थालिएको हो । महानगरीय ट्राफिक प्र’हरी महाशाखाले एक सूचना जारी गरेर मंगलबारबाट सुरु भएको मर्मत कार्यका कारण सडकमा अव’रोध आउने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले सडक म’र्मत अवधिभर उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने टेनिस रोकाले आजको राजधानी दैनिकमा लेखेका छन् ।

सडक विभागका प्रवक्ता शिवहरि पौडेलले कलंकी नौबिसे सडकखण्डमा म’र्मतको काम जारी रहेको र अहिले पनि त्यसैको निरन्तरता रहेको बताए । ‘बि’ग्रेको ठाउँमा बनाउने, पिच उक्केको टाल्ने नियमित काम भइरहेको थियो, अहिले पनि त्यसैको निरन्तरता हो’ उनले  भने ।

प्रवक्ता पौडेलले त्यस सडकखण्डमा धेरै काम सम्पन्न भएको भन्दै लोडेड गाडीले बि’गारेको सडकको पनि म’र्मत हुने बताए । उनका अनुसार त्यस क्षेत्रको सडक म’र्मत कार्य मंसिरसम्म नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी अनुसार बिहान ९ बजेदेखि कंलकी–थानकोट सडकखण्ड (ढुंगेअड्डामा) र दिउँसो १ बजेदेखि नागढुंगा–नौबिसे सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरेर म’र्मतको काम हुनेछ । ट्राफिक प्रहरीले उक्त सडकखण्डमा ज’थाभावी ओ’भरटेक नगरी लेन अ’नुशासन पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह पनि गरेको छ ।

गत ५, ६ र ७ असोजमा दसैंका लागि यातायात सहज आवातजावत होस् भनेर दैनिक १ घण्टा एकतर्फी सवारी रोकेर खाल्टा परेका ठाउँमा कालोपत्रे गरिएको थियो । सो समयमा अत्यधिक जा’मका कारण एक जना बि’रामीको बसभित्रै नि’धन भएपछि जाम खुलाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन नै दिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीलाई हटाउनु दोष हो, पाप लाग्छ – राज्यमन्त्री दुगड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको

भारतबाट थप नआए सलह सहजै नियन्त्रण हुने

काठमाडौं, १४ असार  । नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका

साढे तीन महिनाअघि नै मुख्यसचिव बन्न ६ सचिवको दौडधुप

काठमडाैं, १४ असार । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको

जनताले सुम्पिएको दायित्व एक-एक गरेर पुरा गर्ने हाम्रो कर्तव्य – मन्त्री अर्याल

काठमाडौं । नेपाल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डा र स्वतन्त्रता रक्षाको अवस्थामा छ । कसैको

अनलाईन टिभी