fbpx

पावरको अभ्यास गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पा’उँदैनन्


पछिल्लो दुई सातामा तीन जना सांसद प्रहरी निउन्त्रणमा परे । एक जनालाई नियन्त्रण गर्न अदालतले आदेश दिएको छ । राजनीतिको आडमा अपराध अनि अपराध लुकाउन राजनीति गर्ने प्रचलन यहाँ छर्लङ देखिएको छ । यो दल, उ दल होइन अपराधमा संलग्न र राजनीतिको आडमा अपराध गर्नेहरु प्रायःसबै दलमा छन् ।

कार्टुनिष्टद्वय बासु क्षितिज र रवि मिश्रका कार्टुनहरु नियाल्नुहोस् । रवि मिश्रको कार्टुनले सांसद जस्तो देखिने मानिसलाई समात्दै प्रहरीले भनेको छ, ‘अपराध गरिनस् भनेर कसरी पत्याउने ?’ त्यस्तै बासु क्षितिजको कार्टुनले त थप केही बोल्नै नपर्ने गरी सबै बताएको छ ।

निर्वतमान सभामुख कृष्णबहादुर महरा सांसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयासको आरोपमा हिरासतमा छन् । रौतहट–२ का कांग्रेस सांसद मोहम्मद अफ्ताब आलम २०६४ सालमा भएको विस्फोटमा घाइते भएकालाई इट्टा भट्टामा जिउँदै जलाएर ज्यान लिएको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् ।

त्यस्तै राजपा नेपालका नेता सांसद प्रमोद शाह हवाई उडान ऐन विपरित काम गरेकाले ४ दिन थुनामा बसे । नेकपा नेता, सांसद पर्वत गुरुङविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धामा पक्राउपूर्जी जारी भएको छ । सांसदहरु अपारधिक क्रियाकलापमा लागेको पाइएको घटना धेरै छन् ।

कैलाली ५ बाट प्रतिनिधि सभामा विजयी नारदमुनी रानामाथि कुटनीतिक राहदानी दुरुपयोग र भ्रष्टाचार गरेको अभियोगको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्का सांसद रेशमलाल चौधरी डिल्लीबजार कारागारमा छन् । जनकपुरमा ५ जनाको ज्यान जाने गरी गरिएको प्रकरणमा दोषी पूर्व सांसद तथा पूर्व राज्यमन्त्री संजय शाह आजीवन कैद भोग्दै छन् ।

अर्का पूर्वमन्त्री श्यामसुन्दर गुप्ता अपहरण मुद्धामा १० बर्ष कैद सजाय भोग्दै छन् । यस बाहेक पैसा खर्च गरेर राजनीतिमा प्रवेश गरेको कालो धन बचाउन र पचाउन राजनीतिमा छिरेकाहरुको नालिबेली निकाल्ने हो भने स्पस्ट थाहा हुन्छ, कि यो मुलुकको विकास, न्याय शान्ति, सुरक्षा कसले लुट्यो भनेर ?

राजनीतिमा अपराधि, अपराधलाई राजनीतिकरण र पैसाको बिटोमा चुनावी टिकटको विक्री वितरण, त्यो पनि खुलमखुल्ला ! देश बर्बाद हुन अरु थप के नै चाहिन्छ र ? दुई वटा कुरा गरौं, एउटा पैसा कमाउन राजनीति र अर्को पैसा कमाएपछि राजनीति । देशका संवैधानिक निकायहरुमा नै राजनीतिक नियुक्ति प्रष्ट छ ।

न्यायालय, अख्तियार, निर्वाचन आयोग, मानवअधिकार आयोग, सबैमा राजनीतिक भागबण्डा नै हो । जनताको सेवा गरेर, सत्य निष्पक्ष काम गरेर प्रगति हुँदैन, सबलाई थाहा छ । धन, दौलत, मान, प्रतिष्ठा, सरुवा, बढुवा निस्कने भनेकै दलको ढोकाबाट हो ।

फलानोलाई थुन्देउ, हस हजुर ! फलानोलाई नथुन, होस हजुर ! पावरको एक्सरसाइज गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन् । तीन पुस्ताले हड्डी घोटेर अर्बौंको लगानी गरेका उद्योगीका टाई र कट्टु समेत ऋणमा छ । तर, हिजो राजनीतिमा आएकाहरुको सम्पत्ति, विना लगानी ? विना रिस्क कति हो कति !

सोध्ने कसले ? खोज्ने कसले ? अनुसन्धान गरी फेरिफार गर्ने कसले ? त्यत्रो घर, जग्गा, शेयर हुने गरी कमाउनेले ट्याक्स चाँही कति तिरेका रहेछन् त ? कुनै अनुसन्धान अधिकारीसँग यस्तो आँट छैन । कसैले आँट गरिहाल्यो भने पनि त्यसको खैरियत छैन । अर्को पैसा हुनेहरुले गर्ने राजनीति ।

पैसा हुनेले राजनीतिनै गर्नुहुन्न भन्ने होइन, तर पैसाको विटो बोकेर आउनेलाई चुनावको टिकट दिदाको परिणामा स्वरुप नै राजनीतिक आवरणमा अपराधहरु लुकेका छन् । बाटो, पुल, भवन त भनेको समयमा गतिलोसँग बनाउन नसक्नेहरु यो देशको नीति बनाउँछु भनेर सांसद भएर आएका छन् ।

पैसा कमाउन राजनीतिमा आउने र पैसा कमाएर त्यही पैसा खर्च गरी राजनीतिमा आउने संस्कारले मुलुक विकासमा स्पिड ब्रेकरको काम गरेको जस्तोसुकै अपारधलाई पनि बचाइदिने कार्यकर्ताहरु भए सब पुग्ने रहेछ । अबको पुस्ता त्यो साउथ इन्डियन फिल्मको जस्तो विकृत राजनीति चाहँदैन ।

नेतालाई सरापेर मुलुक बन्ने पनि होइन । त्यसैले चुनावमा कुनै व्यक्तिलाई टिकट दिदा अब पनि विचार गर्ने हो भने पूराना–नयाँ कुनै दलको दलदलमा जनता भाँसिने छैनन् । र बाँकी कुरा देशका तीन शीर्ष नेता ज्यूहरुले आँट गर्नुप-यो । ओली, प्रचण्ड र देउवालाई आँफै फसिन्छ भन्ने डर भए बेग्लै कुरा तर सम्पत्ति शुद्धिकरणलाई पूरा अधिकार दिने हो भने राजनीतिबाट अपराध तेल र पानी जस्तै छुिटन्छ ।

तपाईसँग जति नै पैसा र पावर भएपनि खाने यति नै हो । भोक धेरै लाग्दैमा थाल नै खान मिल्दैन क्यारे ! गाँठो फुकाआँै, प्रहरीलाई, अख्तियारलाई, सम्पत्ति सुद्धिकरणलाई आदेश होइन कानूनको पालना गर्न लगाऔं । होइन भने ती भवनहरुमा गाई पालन गरौं, कमसेकम कर्मचारीहरुलाई पोषिलो दुध दही घ्यू भएपनि मिल्छ । संकेत राम्रो देखिएको छ, तर यतिमा जुंगा मुठार्न मिल्दैन । न्यूज २४ नेपाल

Pakhribas
प्रतिक्रिया दिनुहोस
एनआरएनलाई रमाइलो चुनावी घर नबनाईयोस, एनआरएनमा कसैले पनि हार्दैन – विश्वास दीप तिगेला

विश्वास दीप तिगेला । गैर आवासिय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलन

रवि लामिछानेलाई सिध्याउने उनकै पूर्व-पत्नीको ठूलो षड्यन्त्र ! : रबिले सबै रहस्य खोले,- ‘मान्छे दुनियासँग लड्न सक्छ तर आफन्तसँग सक्दैन’

चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो सम्बन्ध विच्छेद र तेस्रो श्रीमतिबारेको समाचार बाहिरिनु

‘नाङ्गिदै गरेका डिस्को अधिकारकर्मी र सुन्दरी प्रतियोगिता’

सावित्री सुवेदी । समाजमा एउटा यस्तो एलिट वर्ग अर्थात सभ्रान्त वर्गको महिला संस्था