fbpx

जहाँ ‘हिरो’ आमाहरुले पाउँछन् ‘गोल्ड मेडल’ र जीवनभर अतिरिक्त भत्ता


एजेन्सी । जनसङ्ख्या कम भएका अधिकांश देशमा जन्म दरलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सेवा सुविधा र पुरस्कारको व्यवस्था गरिएको हुन्छ । तर काजकिस्तानमा भने जन्म दर उच्च राखेर ठूलो परिवार सम्हालेकामा ‘हिरो’ मानिने आमाहरुलाई मेडलले सम्मान गर्ने गरिएको छ । त्यहाँका आमाहरुले सिल्भर मेडलदेखि गोल्ड मेडलसम्म पाउने गरेका छन् भने सरकारले तिनलाई जीवनभरका लागि अतिरिक्त भत्ता समेत प्रदान गर्ने गरेको छ ।

यसमा ६ बालबालिका जन्माएर हुर्काउने आमालाई ‘सिल्भर मेडल’ दिइन्छ भने सातवटा भन्दा धेरै छोराछोरी हुनेलाई गोल्ड मेडल दिइन्छ । यता चारजना छोराछोरी पाउने आमाहरुलाई चाहिँ मेडल नदिइए पनि बच्चाहरु २१ वर्षको हुँदासम्म आर्थिक सहयोग प्रदान गरिने व्यवस्था रहेको छ ।

वास्तवमा आमाहरुलाई सम्मान गर्ने यो परम्परा सोभियत युनियनको समयदेखि नै चलिआएको हो । सन् १९४४ मा १० जना छोराछोरी पाउने महान् आमाहरुका लागि भनेर यस्तो अवार्डको स्थापना गरिएको थियो । यसरी त्यो समयको तुलनामा अहिले मेडलका लागि बच्चाहरुको सङ्ख्या कम भएपनि काजकिस्तानको सरकारका लागि अझै जन्मदर उच्च राख्नु पहिलो प्राथमिकता रहेको छ । श्रम तथा सामाजिक कार्यक्रम निकायकी अक्सना एलेउसेजोभा भन्छिन्, “हाम्रो सरकारको नीति भनेको देशमा धेरै भन्दा धेरै बच्चाहरु जन्म गराउनु हो । त्यसैले पनि सधैँ सबैबीच हाम्रो जनसङ्ख्यालाई ठूलो बनाउनेबारेमा नै कुरा भइरहने गरेको छ ।”

सरकारले ठूलो परिवार प्रोत्साहन गर्नकै लागि यस्तो नीति अपनाएको हो । यसबीच बीबीसीले अन्र्तवार्ता लिएका मध्ये आठ छोरी र दुई छोराकी एक हिरो आमाले खुसी हुँदै आफ्नो मेडल देखाएकी छन् । गर्भवती महिला र एकल महिलाहरुले समेत सरकारबाट समर्थन र सहयोग पाउने गरेका छन् ।

६ बच्चाकी आमा बाकतीगुल हेलीक्बेइभा भन्छिन्, “मैले प्रत्येक महिना १ लाख ४४ हजार टेन्ज अर्थात ३७० डलर प्राप्त गर्ने गरेकी छु र सो रकम हाम्रा लागि पर्याप्त छ । म त्यसैले जीवन धान्ने प्रयास गर्दैथेँ तर आफूले पनि काम गर्छु त्यसैले समग्रमा हाम्रा लागि पर्याप्त छ । मलाई अहिलेसम्म कुनै गुनासो छैन ।” तर चारजना भन्दा कम छोराछोरी हुनेले भने कुनै भत्ता पाउँदैनन् । त्यसैले धेरैले यो नीति दुईजना भन्दा माथिदेखि सुरु गरिनुपर्ने बताएका छन् ।-बीबीसी

Pakhribas
प्रतिक्रिया दिनुहोस
एकै दिन जन्मिएका ४ दिदीबहिनीको विवाह एकै मण्डपमा

एजेन्सी । भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन

जब करेन्ट लागेको बच्चा बोकेर बाँदर आफैं अस्पताल पुग्यो

काठमाडौं । सन्तानको माया कसलाई हुन्न र ? पशुलाई पनि आफ्नो सन्तानको माया

सा’माजिक स’द्भाव कायम राख्न रेष्टुरेन्टमा गीत गाउँछन् यी प्रहरी

एजेन्सी– प्रहरीहरुकाे मुख्य उद्देश्य समाजमा सु@रक्षा कायम राख्नु हाे तर न्युयाेर्ककाे बफेलाेमा तै’नाथ

४० वर्षदेखि भिख माग्दै आएकी महिलाको बैंक अकाउन्टमा यति धेरै पैसा, चेक साट्न बैंकमा पुगेन पैसा

एजेन्सी । घटना लेबनानको सीदोन शहरको हो । त्यहाँको एक प्रशिद्ध अस्पताल बाहिर