fbpx

दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अ’स्पताल सञ्चालनमा


तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो ।

अस्पतालको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत वसन्त शाहले सेवा शुरु गर्नुभएको थियो ।

गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजना अघि सारेको हो । गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ । अपुग कर्मचारी काभ्रे स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले जनताको आवश्यकताअनुसार सरकारले काम गरिरहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि अहिले सरकारले यो अवधारणालाई अघि बढाएको समेत उहाँको भनाइ थियो ।

दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । तीबाहेक दाङका अन्य स्थानीय तहले भने १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएका छैनन् । रासस

Pakhribas
प्रतिक्रिया दिनुहोस
धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा जग्गा सिफारीस

धनकुटा खबर । धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा रहेको जग्गाको सिफारीस

तोकेभन्दा बढि शुल्क लिने मेडिकल कलेजवि’रुद्ध ए’क्सनमा उ’त्रियो सरकार, शुल्क फिर्ता गर्न १५ दिने अ’ल्टिमेटम

काठमाडौं । सरकारले तोकेभन्दा बढि शुल्क विद्यार्थीबाट उठाउने मेडिकल कलेजवि रुद्ध सरकार ए

धनकुटामा सञ्चालित निःशुल्क शिविरमा ३ हजार ७ सय ४७ जनाले स्वाथ्य परिक्षण गराए

धनकुटा खबर, कार्तिक २४, धनकुटामा कार्तिक २२ गते बाट सुरु भएको निःशुल्क मुटुरोग

धनकुटामा आजबाट मुटु रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु

विकास घिमिरे, धनकुटा खबर, २२ कार्तिक । धनकुटामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य