fbpx

दुबै मृगौला फेल भएपछि धनकुटाका प्रेम बहादुरले भने,- एउटा मात्रै मृगौला फेर्न पाए पनि हुन्थ्यो


धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मारेककटहरेका २५ वर्षका प्रेम वहादुर थापा मगरलाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भएको छ ।

विगत ६ महिना देखी विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराईरहनु भएको उहाँलाई आर्थिक अभाव भएपछि सहयोगको अपील गर्नुभएको छ । उच्च रक्त चापको कारण दुवै मृगौला फेल भएपछि चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको पीडित मगरको भनाई छ ।

एउटा मात्रै मृगौला फेर्न पाएपनि केही राहत हुने भएकोले चिकित्सकले मृगौला फेर्न सल्लाह दिएको उहाँले वताउनुभयो । मृगौला नै फेर्नु पर्ने भएपछि धेरै खर्च लाग्ने तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपील गर्नुपरेको उहाँले वताउनुभयो । भोलि पनि डायलासिस गर्नुपर्ने उहाँले धनकुटा खबरलाई जानकारी गराउनुभयो ।

सहयोगको लागि उहाँले राष्ट्रिय वाणिज्य बैंकको खाता नं २०१००२५०२४१० उपलव्ध गराउनुभएको छ । साथै उहाँको मोवाईल नं ९८२४३९६७९९ रहेको छ ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
अब हामी शहिदको सपना पुरा गर्छौं

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति

धनकुटाको सहिदभूमी र सागुरीगढीमा कांग्रेसको समायोजन

धनकुटा खबर । राज्यको पुर्नसंरचना पछि बनेको धनकुटा जिल्लाको सहिदभूमी र सागुरीगढी गाउपालिकामा

किरात राई कलाकार संघ धनकुटाको अध्यक्षमा जीवन

धनकुटा खबर, २६ कार्तिक । किरात राई कलाकार संघको तेस्रो जिल्ला अधिवेशनले जिवन

भोली धनकुटा नगरक्षे’त्रमा सा’र्वजनिक बिदा

धनकुटा खबर, २६ कार्तिक । धनकुटा मुख्य बसोवास रहेको आठपहरीया राईहरुको महान पर्व