फेरी प’क्राउ परे अर्का चर्चित भिआइपी


काठमाडौँ । चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई प्रहरीले प’क्राउ गरेको छ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको हो । काठमाडौं प्रहरी प्र’वक्ता होविन्द्र बोगटीले रुपज्योति पक्राउ गरेको पुष्टि गरेका छन् ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । केही अघि ठगी मु’द्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको नि’षेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको उनलाई प’क्राउ गर्न बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

प्रहरी स्रोतका अनुसार विदेशमा रहेका उनी स्वदेश फर्किन लागेको सूचनाका आधारमा विमानस्थलबाटै प’क्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस
छ वर्षीय बालिकाले जितिन् कोरोना

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी

नयाँ नक्सामा सुस्ताको क्षेत्रफलसमेत स्पष्ट उल्लेख गर्न माग

नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना तयार,हेर्नुहोस् के के छन्

नारायण न्यौपाने काठमाडौँ, जेठ २० गते । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

काठमाडौँ, जेठ २० गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै

अनलाईन टिभी