fbpx

को हुन भाइरल फोटोमा विद्या भट्टराईको झोला बोक्ने युवा ?


काठमाडौं, कात्तिक २१ अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ । भाइरल फोटो सत्तारुढ नेकपाकी उम्मेदवार एवं स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको हो । मंसिर १४ गते कास्की २ हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी नेकपाबाट उम्मेदवार छिन् । बिहीबार उम्मेदवारी मनोनयको कार्यक्रम थियो । उनी त्यसैका लागि निर्वाचन कार्यालयतिर जाँदै थिइन ।

त्यसैक्रममा उनको झोला एक युवकले बोकेको तस्बिर सार्वजनिक भयो, जून छिनभरमै भाइरल भइहाल्यो । धेरैले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका जवानबाट जुता बोकाएको र अहिले अर्की विद्याले झोला बोलाएको भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना गरे ।

तर, कास्की २ की विद्याको तस्बिरको कथा भने फरक छ । सामाजिक सञ्जालमा आलोचना भएजस्तो विद्याले न त झोला बोक्न नै लगाएकी हुन, न त उनले रवाफ देखाएकी हुन् ।

नेकपा कास्की जिल्ला कार्यसमितिका अनुसार तस्बिरमा विद्याको झोला बोक्ने युवा तत्कालिन पर्यटन मन्त्री एवं सांसद स्वर्गीय रवीन्द्र अधिकारीका भाइ हुन् । अर्थात विद्याका देवर दिपेन्द्र अधिकारी हुन ।

प्रतिक्रिया दिनुहोस
प्रजातन्त्र दिवसमा टुँडिखेलको जमिन र आकाशमा जे देखियो – हेर्नुहोस् भिडियो

काठमाण्डौं । आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च

एमसीसी टेबुल गर्न अनुमति नदिएको कारण मलाई फ,साईयो – महरा

काठमाडौ । पूर्वसभामुख कृष्ण बहादुर महराले आफुले कुनै किसिमको ग,ल्ति नगरेको दा,बी गर्दै

सवारी दु,र्घट,नामा परि घा,इते भएका नेपाली सेनाका मेजरको नि,धन

काठमाडौं, ७ फागुन । सवारी दु,र्घट,नामा ग,म्भिर घा,इेत भएका नेपाली सेनाका मेजरको नि,धन

७० वर्षमा लागिन् पूर्वरानी कोमल शाह

काठमाडौं । आज फागुन ७, नेपालमा प्रजातन्त्र आएको दिन । २००७ फागुन ७

अनलाईन टिभी