fbpx

लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक


काठमाडौँ, २२ कात्तिक । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४ः०० बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा कालापानी, लिपुलेकलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

सर्बदलीय बैठकमा सहभागिताका लागि प्रधानमन्त्रीले सबै राजनीतिक दलका शीर्ष नेताहरुका साथै पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोे बुधबार नै स्पष्ट गरेको गरिसकेको छ ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
हरेक दिन विमानस्थल पुग्छन पर्यटनमन्त्री !

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी

सिस्नेरी आयोजनाकाे डिपीआर चाँडै सुरु गर्छौं : मन्त्री मगर

मकवानपुर (सिस्नेरी) । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला

प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको रा’जीनामा अ’स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा

कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको छ । शिक्षा