‘नक्सामा राख्दैमा नेपाली भुमी भारतको हुँदैन’


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले आफ्नो नक्सामा नेपाली भुमी राख्दैमा उक्त भुमी भारतकै नहुने बताएका छन्।

भारतले आफ्नो नयाँ नक्सामा देखाएको नेपालको भुमि फिर्ता गर्न आग्रह गर्दै सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सगठन र अनेरास्ववियुले ज्ञापनपत्र बुझाएपछि प्रतिक्रीया दिदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।

उनले कुनै पनि सार्वभौम देशको भुमीलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको बताउँदै उनले नक्सामा राख्दैमा नेपाली भुमि नगुम्ने आश्वासन दिए।

‘सुदूरपश्चिम प्रदेशकै भुगोल भारतीय नक्सामा देखिएकोले उक्त विषयलाई टुङगोमा पुगाउन हामी संघीय सरकारसंग आग्रह गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘संघीय सरकारले कुटनितिक पहलबाट नेपाली भुमी जोगाउनपर्छ।’

प्रतिक्रिया दिनुहोस
भारतीयद्वारा बिओपीमा आ क्रमणको प्रयास

काठमाडौ । जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आ,क्रमणको प्रयास गरेका

आठ लाख ग्राहकलाई निःशुल्क बिजुली

काठमाडौँ, जेठ १८ गते । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अ तिक्रमणको चपेटामा

सर्लाही, जेठ १८ गते । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै

जेठ २१ गते देखि निजी विद्यालयमा भर्ना – अनलाइन प्रविधिबाट कक्षा संचालन हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल

अनलाईन टिभी