fbpx

उर्लाबारीकी मेचुलाई जिताउन अभियान


उर्लाबारी । चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२ मा पर्न सफल मोरङ, उर्लाबारी–२ की मेचु धिमाललाई जिताउन अभियान सञ्चालन गरिएको छ ।

मेचु पुर्वकै प्रतिभा भएकोले उनलाई जिताउन यस क्षेत्रका सबै एक जुट भएका छन् । मेचुलाई जिताउन उर्लाबारीका समाजसेवी सर्वजित भण्डारीको अध्यक्षतामा १६ सदस्यीय मेचु धिमाल जिताउ अभियान समित गठन गरिएको छ । सो समितिले शनिबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी मेचुलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताएको छ ।

क्लबका अध्यक्ष भण्डारीले मेचु पूर्वकै प्रतिभा भएकोले सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् । समितिका सचिव मात्रिका धिमालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले मुेचुको गायन प्रतिभाको प्रशंसा गर्दै उनलाई जिताउन सबैसँग अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा मेचुका बुबा सन्तुलाल धिमाल र आमा गिताकुमारी धिमालले आफ्नी छोरी मेचुलाई जिताउन सहयोगका लागि अपिल गरेका छन् । २५ वर्षिया मेचुले व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेकी छन् । मेचु काठमाण्डौमा रहेर संगीत प्रशिक्षण लिइरहेको उनका अभिभावकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
यो जोडीमा को बढी रो,मान्टिक ?

चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा

कमेडी च्याम्पियनको टप ४ बाट बाहिरिएका सुमन कार्कीले यसरी सुनाए खबापु र दले दाईको उप,ध्रो (भिडियो सहित)

काठमाडौ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप ४ सम्म पुगेर

धु र्मुस-सु न्तली फ र्किए ‘मेरी बा स्सै’ को आजको एपिसोड (भिडियो)

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा

गायक प्रकाश कटुवाल प’क्राउ !

तनहुँ:बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङ माथि आ’क्रमण गरेको अ’भियोगमा लोकदोहोरी गायक

अनलाईन टिभी