धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा जग्गा सिफारीस
धनकुटा खबर । धनकुटामा टिचिङ्ग अस्पताल निर्माणका लागि तीन स्थानमा रहेको जग्गाको सिफारीस गरिएको छ ।
जग्गा सिफारिस गर्न धनकुटामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकले अस्पताल निर्माणका लागि रेशम खेती विकास कार्यक्रमको ४७ रोपनी धनकुटाको त्रिवि स्वामीत्वमा रहेको सामुदायी चिकित्सा क्याम्पसको ४७ रोपनी जग्गा र नेपाल ट्रष्टको नाममा रहेको चुलिवनको १ सय रोपनी जग्गा लाई छनोट गरि सिफारिस गरिएको हो ।
तत्काल कक्षा संचालनका लागि धनकुटा बहुमुखी क्याम्पसको रेख देखमा रहेको त्रिवि स्वामीत्वको सामुदायी चिकित्सा क्याम्पसका भौतिक संरचना समेत प्रयोग गर्ने सिफारिस गरिएको हो ।
प्रदेश राजधानीको माग गर्दे लामो समय सम्म चलेको आन्दोलन लाई सम्वोधन गर्ने प्रदेशसरकारले धनकुटामा टिचिङ्ग अस्पालल निर्माण गर्ने भन्ने निर्णय गरेको थियो र यो कार्यक्रम प्रदेश सरकारको निती तथा कार्यक्रमा समेत समावेश भई बजेट समेत विनियोजन भइ सकेको छ ।