अन्ततः भोली शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने


काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।

यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको छ । विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।

शुक्रबार ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । सो बैठकले नयाँ मन्त्रीको नियुक्तिबारे निर्णय लिने बताइएको छ । यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण

सुत्केरी, अपाङ्गता र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने भन्दै पाख्रीबास नगरपालिकाले ल्यायो एम्बुलेन्स

शर्मिला राई, धनकुटा खबर । महिलाहरुको प्रसुती अवस्था, “क” वर्ग का अपाङ्गता तथा

बढ्दो विपद्जन्य कहर : अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

नारायण ढुङ्गाना,काठमाडौँ । कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

सिबी अधिकारी,काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक

अनलाईन टिभी