ऐतिहासिक सफलता हात पारेको महिला भलिबल टिमलाई जनही ३ लाख दिने घोषणा


काठमाडौं, कात्तिक २९ । ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टिम शुक्रबार स्वदेश फर्केको छ ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बिहीबार बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको थियोे ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे ।

उनले उपाधि जितेर आउने टोलीका सबै सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणासमेत गरेका छन् ।

फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई पराजित गरेको थियो ।

यो उपाधि हासिल गरेसँगै नेपाल अर्को महिना आफ्नै भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिको प्रमुख दाबेदार बनेको छ ।

प्रतिक्रिया दिनुहोस
राखेपद्वारा लामा र गिरीलाई क्यान सदस्यमा सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ, जेठ २७ गते । भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण

हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

रोनाल्डिन्होलाई जे’लबाट छु टाउन मेस्सीद्वारा चार मिलियन युरो स हयोग

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन चार मिलियन

अनलाईन टिभी