देशको भविष्य उज्ज्वल छ, निराश नहुनुहोस् : प्रधानमन्त्री


काभ्रे, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य उज्ज्वल रहेकाले निराश नहुन आमनागरिकलाई अपील गर्नुभएको छ । पनौती नगरपालिका चौकोटमा रहेको काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै मुलुक विकासको नयाँ चरणमा गएकाले उत्साहका साथ लाग्न उहाँको आग्रह थियो ।

आज दीक्षित हुनुहुने भाईबहिनी उत्साहित हुनुहुन्छ, अभिभावक उत्साहित हुनुहुन्छ, सरकार नै उत्साहित छ, यो उत्साहलाई मुुलुक निर्माणमा लगाउन सक्नुपर्छ । प्रधानमन्त्रीले थप्नुभयो­ किन भने देशको भविष्य उज्ज्वल छ । उहाँले मुलुक सफल हुनका लागि इमान्दारिता र आत्माविश्वास चाहिन्छ भन्नुभयो ।

जुन सुकै काम गर्न पनि हामीमा इमान्दारिता र आत्माविश्वास भयो भने सफल हुन सकिन्छ । त्यसतर्फ तपाईहरुले ध्यान दिन जरुरी छ । उहाँले मुलुक आर्थिक रुपमा केही समय पछाडि परेको भएपनि अब पछाडि नपर्ने बताउनुभयो । उहाँले शिक्षाका कारण पनि मुलुक पछाडि परेको बताउनुहँुदै शिक्षाको विस्तारसँगै मुलुक पनि आर्थिक रुपमा सम्पन्न हुने छ भन्नुभयो ।

दुई चरणमा हुने दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ जनाले उपाधि प्राप्त गर्नेछन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका एक हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २१८, बीएस्सी ईन नर्सिङ्गका ११६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ ।

विश्वविद्यालयले दशकदेखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच÷डीएम उपाधी ६ जनालाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रदेश १ मा प्रहरी विधेयकसम्बन्धी प्रस्ताव पारित

मोरङ । प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने

पर्यटनमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टे«लियाका

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको

कोरोना रो’कथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण

अनलाईन टिभी