महिनैपिच्छे बढे वैदेशिक रोजगारीमा जाने : सबैभन्दा बढी साउदीमा


काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेको संख्या महिनैपिच्छे बढेको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा जानको लागि कात्तिकमा ५१ हजार दुईसय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिरमा यो सँख्या साढे ५ हजारले बढेको छ ।

मंसिरमा ५३ हजार दुईसय १५ पुरुष र तीनहजार पाँचसय ९५ महिला गरी ५६ हजार ८ सय १० जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यीमध्ये २६ हजार सातसय ९५ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् ।

यो वैदेशिक रोजगारीमा जानको लागि खुल्ला गरिएका विभिन्न ८५ वटा देशमा जानेहरुको तथ्याँक हो । असोज महिनामा १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा बढी साउदीमा : मंसिरमा साउदी अरब जानेको संख्या बढी देखिएको छ । मंसिरमा १४ हजार २ सय ८४ पुरुष र ७३ महिला गरी १४ हजार ३ सय ५७ जनाले साउदीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै दोस्रोमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश यूएई छ । ११ हजार सातसय ९४ पुरुष र १ हजार ४ सय ५० महिलासहित १३ हजार दुईसय ४४ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१२ हजार ४ सय ३९ पुरुष र ४ सय ७३ महिलासहित १२ हजार ९ सय १२ जनाले कतारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । मलेसियाको लागि ८ हजार ७ सय ७३ र कुवेतको लागि २ हजार ६ सय ७६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै १ हजार ७९ जनाले बहराइन र ६ सय ३७ जनाले ओमनको लागि श्रम स्वीकृति लिएका छन् । यो महिनामा ४ सय ८३ पुरुष र ३४ महिलासहित ५ सय १७ जनाले जापानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन्
मंसिरमा १ सय ७ म्यानपावरले एक जना कामदार पनि पठाउन सकेनन् । ८ सय ३५ म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउने गरेकोमा मंसिर महिनामा ७ सय २८ ले मात्र कामदार पठाउन सकेका छन् ।

सबैभन्दा बढी ब्लू ओसयन सर्भिसेजले ४ सय ८५ लाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै दोस्रोमा एसओएस सर्भिसेज प्रालीले ४ सय ३५ कामदार पठाएको छ । ३६ वटा म्यानपावरले १ जना र ३४ वटा म्यानपावरले २ जना कामदारलाई मात्र वैदेशिक रोजगारीमा पठाएका छन् ।

अदक्ष नै बढी : वैदेशिक रोजगारीमा जानेहरुमा अझै पनि केही सीप नसिकेर जानेहरुको संख्या बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार मंसिरमा वैदेशिक रोजगारीमा जानेमध्ये सात जना उच्च दक्ष (हाइ स्किल्ड), ७५ जना व्यवसायिक रुपमा जानेहरु छन् ।

यस्तै अर्धदक्षको सँख्या ५ हजार ७ सय ४५ र दक्ष कामदारको १९ हजार ७ सय ९६ छ । मंसिरमा ३१ हजार १ सय १८ अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका बोर्डले जनाएको छ । उज्यालोबाट

प्रतिक्रिया दिनुहोस
अष्ट्रेलियाको मेलवर्नमा राखियो बाटोको नाम ‘गोर्खा वे’

मेलवर्न । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको Wyndham Vale काउन्सिलमा बन्दै गरेको

कोरियामा रहेका धनकुटेलीद्वारा ५ लाख बराबरको कोरोनाविरुद्धको सामान सहयोग

कबिराज घिमिरे । धनकुटा कोरिया समाजले धनकुटामा करिब ५ लाख बराबरको कोरोनाविरुद्धको सामान

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर विमान शनिबार नेपाल आउँदै

जीवन खत्री/सउल, असार ५ । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण नेपाल पठाइयो

लण्डन, जेठ २७ गते । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण

अनलाईन टिभी