fbpx

‘इन्टरनेट नचले पैसा मिनाहा’


काठमाडौं, पुस १२। मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ।

इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ नपाउने, प्रयोगकर्ताका अहिलेका दुःख हुन्। प्रयोगकर्ताले व्यहोर्नुपरेका यस्तै बाध्यता समाधान गर्ने गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ कानुनी व्यवस्थाको तयारी थालेको छ।

सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ।

यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झौतामै उल्लेख गर्नुपर्ने विषय पनि प्रस्तावित विनियमावलीमा उल्लेख छ। विनियमावलीमै इन्टरनेटको गुणस्तर पनि तोकिएको छ। जसअनुसार सेवा प्रदायकले २४ सै घन्टा सेवा उपलब्ध गराउनुपर्ने र एक वर्षमा बढीमा ५ प्रतिशतभन्दा बढी समय सेवा अवरुद्ध गराउन पाइने छैन। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
चीनले सञ्चालन गर्यो विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप

एजेन्सी । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो

फे सबुक म्या सेन्जरमा भा इरस आ तंक

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तबमा

सबैभन्दा बढी चन्द्रमा भएको ग्र’ह वृ’हस्पति हैन श’नि, प’त्ता लाग्यो यस्तो त’थ्य

एजेन्सी । सौर्यमण्डलमा सबैभन्दा बढी चन्द्रमा भएको ग्रह भएको कुन हो ? भनी

नेपाली इन्जिनियरले बनाए वि द्युतीय मोटरसाइकल- ‘यात्री’, विदेश समेत नि र्यात गर्न सकिने !

काठमाडाैँ । नेपाली युवा इन्जिनियर टोलीले नेपालमै बनाएको विद्युतीय मोटर साइकल ‘यात्री’ सार्वजनिक