फे सबुक म्या सेन्जरमा भा इरस आ तंक


काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तबमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएर ।

तपाईंको फेसबुक म्यासेन्जरमा साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । साबधान ! यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ ।

झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो । नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई जानेछ । तपाइको साथीले पनि उक्त म्यासजे खोल्दा अरु साथीहरुलाइ जाने पक्का छ । यसले अहिले सामाजिक सञ्जालमा आतंक नै मच्चाएको छ ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् ।झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् ।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन । यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना अधिक हुन सक्छ ।

यो समस्या अहिलेको मात्र होइन बेला बखत यस्ता समस्या आइरहेका हुन्छन् । यसअघि पनि अश्लील दृश्यका म्यासेजहरु अटो सेण्ड हुँदा फेसबुक प्रयोगकर्ताले हैरानी ब्यहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भित्रियो ढल र मङ्गल सफा गर्ने प्रविधि

ललितपुर । ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ

चीनले मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्दै

बेइजिङ, असार १ । चीलने मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। बेडाउन

अब ट्वीटरमा पनि फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर

एजेन्सी । ट्वीटरले फेसबुक र इन्स्टाग्रामको स्टोरीजस्तै फिचर ल्याएको छ। बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले

अनलाइन मिडिया आममानिसकाे पहिलो राेजाइमा

सुशील दर्नाल काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले

अनलाईन टिभी