fbpx

बिरामी प्रधानमन्त्री भन्नेलाई महेश बस्नेतको क’डा जबाफ (भिडियो सहित)

प्रधानमन्त्रीलाई सचिवालयले सहि सन्देश नदिंदा सरकारको काम प्रभावकारी हुन सकेन

काठमाडौ । पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सहि सन्देश नदिंदा सरकारको काम प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सांसद बस्नेतका अनुसार प्रधानमन्त्रीमा यो देशको बिकासको काम तीव्र गतिमा दौडाउन चाहँदा चाहदै पनि आफ्नै सचिवालयका कारण केहि वाधा पुगेको हो ।

मन्त्रिहरुले प्रधानमन्त्रीलाई चाहेको समयमा भेट्न नपाउदा र सहि सन्देश नपुग्दा सरकारको काम प्रभावकारी नभएको भन्दै सचिवालयले सहि तरिकाले काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

महेश बस्नेत भन्छन्, “प्रधानमन्त्रीको चाहना भनेको सरकारमा रहेका मन्त्रीहरुले आफ्नो मन्त्रालयको काम प्रभावकारी रुपमा गरुन भन्ने हो । तर जब मन्त्रीले प्रधानमन्त्रीलाई भेट्न खोज्दा सचिवालयले समय नमिलाईदिदा सरकारको काम प्रभावकारी रुपमा अघि बढ्दैन ।

यो स मस्या मैले प्रधानमन्त्री ओलीको सचिवालयमा देखेको छु र प्रधानमन्त्रिले पनि केही जानकार हुनुहुन्छ । सचिवालयले आफ्नो मर्यादामा रहेर प्रधानमन्त्रीलाई सहि सन्देश दिंदा मात्र सरकारको काम प्रभावकारी हुन्छ ।”

प्रधानमन्त्रीले मन्त्रिमण्डल फेर्दा महेश बस्नेतको भागमा कुनै पनि मन्त्रालय नपाउँदा पूर्व मन्त्रि समेत रहेका महेश बस्नेतले भने, “म नेकपा पार्टीमा हुनु भनेको नै देश बिकास गर्न हो । म मन्त्रि नभए पनि बिकासको काम अघि बढाएकै छु आफ्नो ठाउँबाट तर कुनै मन्त्रालय पाएको भए बिकास अझ प्रभावकारी हुन्थ्यो भन्ने मात्र हो ।

प्रधानमन्त्रीलाई म माथि विश्वास थियो तर सायद पार्टी भित्र कै अरु नेताहरुले महेशको समय अझै बाँकी छ भनेर सायद मेरो नाम हटाउनु भयो होला । तर म खुशी नै छु किनकी सहि समयमा मेरो माग हुँदा प्रधानमन्त्रीलाई सहयोग गर्न म सधै तयार नै छु ।”

प्रतिक्रिया दिनुहोस
सबै कलाकारलाई क’म्युनिष्ट बनाउने दिनेश डिसीको घो’षणा (भिडियो सहित)

काठमाडौं । चर्चित कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीले देशका सबै कलाकारहरुलाई कम्युनिष्ट बनाउने

म’हिला भनेर हे’पियो : डा तुम्बाहाङ्फे (भिडियो)

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि ज ब रज स्ती क र णीको

रेणुको दा’बी,- अबको प्रधानमन्त्री मेरो बुवा ! (भिडियो सहित)

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अब आफ्ना बुवा पुष्पकमल दाहाल प्रचण्ड

डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईसँग २० करोड घु’स मागेको दा’बी (भिडियो सहित)

काठमाडौं । बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका