नेपाललाई पदक दिलाउन सफल धनकुटाका २ जना खेलाडीलाई अभिनन्दन गरियो


धनकुटा खबर, १७ पुष । काठमाण्डौमा हालै सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई पदक दिलाउन सफल धनकुटाका २ जना खेलाडीलाई अभिनन्दन गरिएको छ ।

धनकुटा नगरपालिकालको आयोजानमा फुटवल खेलाडी सुजल श्रेष्ठ र उसुका चित्रसिंह ठकुरीलाई नगद सहित अभिनन्दन गरिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रसिंहले उसुमा कास्य पदक दिलाएका थिए । स्वर्ण पदक विजेता फटबलका सुजल श्रेष्ठलाई १ लाख र उसुका चित्रसिंह ठकुरीलाई ५० हजार रुपैया सहित अभिनन्दन गरिएको थियो ।

त्यस्तै अभिनन्दन कार्यक्रममा सागमा निर्णायकको भूमिकामा रहेका धनकुटा निवासी उसुका अन्तर्राष्ट्रिय निर्णायक खेमराज थापालाई सम्मान–पत्रले सम्मान गरिएको थियो ।

धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन र्यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा गराएको थियो । श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गर्दा विभिन्न जातीय समुदाय झाँकी प्रस्तुत गरिएको थियो ।

र्यालीमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधी र सयौँको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
केहि दिन देखि धनकुटामा समेत माक्स लगाउनेको संख्या बढे

धनकुटा खबर । कोरोना भाइरस संक्रमण बढ्दै गए संगै सरकारले माक्स नलगाउनेले कारबाही

धनकुटामा पनि निरन्तर बर्षा

धनकुटा खबर । मनसुन सक्रिय भएसंगै धनकुटामा समेत विहानै देखि निरन्तर बर्षा भई

हिले-लेगुवा सडक खण्ड अन्तर्गतको १३ किमि सडक मर्मत गरियो

धनकुटा खबर । हिले लेगुवा सडक खण्ड अन्र्तगतको हिले-पाख्रीवास-गैरिगाउँ १३ किलो मिटर सडक

धनकुटा नगरका १० वटै वडाका किसानलाई एवोकाडोको विरुवा वितरण

धनकुटा खबर । धनकुटा नगरपालिकाको १० वटै वडाका किसानलाई आज देखि ५० प्रतिशत

अनलाईन टिभी