भोलि र पर्सी धनकुटाको पाख्रीवास-८ मा निःशुल्क स्वास्थ्य शिविर


धनकुटा खबर, पौष १९ । धनकुटाको पाख्रीवास नगरपालिका ८ मुगामा भोलि र पर्सी दुईदिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

पाख्रीवास नगरपालिकाको आर्थिक सहयोग तथा पाख्रीवास नगरपालिका ७ र ८ नं वडा को संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा विरा मेडिकल कलेज तथा टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोग रहने ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।

ग्रामीण भेगका सर्वसाधारणहरुलाई स्वास्थ्यसेवा दिने लक्षका साथ आयोजना गर्न लागिएको शिविरमा सम्पूर्णलाई आफ्नो स्वास्थ्य जाँच गराई लाभ लिनुहुन आह्वान गरिएको छ ।

शिविर भोलि विहान १० वजेदेखी मुगा स्वास्थ्यचौकी भवनमा सञ्चालन हुने छ । शिविरमा स्त्री तथा वालरोग,आँखाको समस्या लगायत विभिन्न रोगको उपचार सेवा प्रदान गरिने स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको यो ठाऊँ जहाँ सित्तैमा टन्न आँप खान र सके जति लान पाईन्छ

धनकुटा खबर । अहिले आँप पाक्ने समय हो, आफ्नै बगैचामा आँप हुनेहरुले खानका

धनकुटाका ७ वटै स्थानिय तहका ८० देखि ८५ प्रतिशत वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईयो

धनकुटा । धनकुटाका विभिन्न स्थानिय तहका ८० देखी ८५ प्रतिशत वालवालिका लाई भिटामिन ए

धनकुटाको पाख्रीवास नगरपालिकाका किसानहरुलाई नि:शूल्क डाले घाँसको विरुवा वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका पशुपालक किसानहरुलाई आज नि:शूल्क रुपमा डाले घाँसको विरुवा

हिलेका तीन पीडितलाई आर्थिक सहयोग

कबिराज घिमिरे, धनकुटा । इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओले धनकुटा हिलेका तीन

अनलाईन टिभी