fbpx

आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा गर्ने रा’ष्ट्रघाती : भीम रावल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावल सरकारको कामकारबाहीको कटु आ लोचक हुन् । उनले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिलाई रा ष्ट्रघाती भनेका छन् ।

रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीका क्रममा उनले यसो भनेका हुन “आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो रा ष्ट्रघाती कुरा हो ।” रावलले अगाडि थपे ” विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर जसले यस्ता कुरा गर्छ त्यो सरासर रा ष्ट्रघात हुन्छ । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।”

त्यस्तै उहाँले कालापानीको ठाउँमा भारतले अरु ठाउँको जमिन दिएपनि हुन्छ भन्नुभएको छ नि ? भन्ने प्रश्नको जबाफ दिँदै रावलले भने, “उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसको सट्टामा वर्दियामा जग्गा दिने भनेको त्यो त दिएको छैन । अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता का ल्पनिक र भ्र म सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।”

प्रतिक्रिया दिनुहोस
कांग्रेसका उम्मेद्धवारलाई विजयी गराउँन आग्रह

धनकुटा खबर, ४ माघ । माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा

नेकपा दुई अध्यक्षको मात्र निजी हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एव पार्टी

पूर्वमाओवादीबाट सभामुख बनाउन ओली सहमत, यसरी गले ओली

काठमाडौं । सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र वि वाद चुलिएपछि प्रधानमन्त्री केपी

सभामुख चयन गर्न नसकेको भए हामीलाई देउ, हामी चलाइदिन्छौँ : देउवा

विराटनगर । सभामुखको बिषयलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरु ध्रुविकरणमा गइरहेका बेला प्रमुख