नारायणकाजीलाई कुनै पनि हालतमा अर्थमन्त्री बनाउनुहुँदैन् : कोमल वली (भिडियो सहित)


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाका उम्मेद्धवार बनेका नारायणकाजी श्रेष्ठलाई कुनैपनि हालतमा अर्थमन्त्री बनाउन नहुने तर्क गरेकी छिन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई पूनः राष्ट्रियसभाको सदस्यमा दोहोर्याउन सकिने बताए ।

उनले भनिन्,‘सरकारको सिफारिशमा सम्माननीय राष्ट्रपतिले नोमिनेशन गर्ने हो । खतिवडा फेरिपनि अर्थमन्त्री बन्न सक्ने उनको भनाई छ । नारायणकाजी श्रेष्ठ चुनाव हारेको व्यक्ति भएकोले संविधानले नै उहाँलाई मन्त्री बन्न दिँदैन् ।’

नेतृ वलीले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले सरकारको आलोचना गरेको विषयलाई नौलो रुपमा लिन नहुने धारणा राखिन् । उनले भनिन्,”उहाँ बरिष्ठ नेता हो । उहाँले पार्टीलाई डुबाउनेगरि आलोचना त गर्नुहुन्न नि । उहाँले राम्रोको लागि आलोचना गर्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस
चिल्ला सडकका किनारमा मगन्ते देखिनुहुन्न – मन्त्री गुरुङ

काठमाडौँ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक

स्वाभिमानी नेपालीलाई मि,चाहा प्रवृत्ति सह्य हुँदैन – डा. मीनेन्द्र रिजाल

काठमाडौँ – नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ

कोरोना रो,कथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ – मन्त्री ढकाल

काठमाडौं । विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको स,ङ्क्रमणको रो,कथाम, नि,यन्त्रण र

मलाई कुनै पदको लोभ छैन र पद पाउँछु कि भनेर बोल्ने गरेको पनि होईन – भीम रावल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफुलाई कुनै पदको लो,भ नभएको

अनलाईन टिभी