धनकुटाको तेलियामा निःशूल्क माईक्रोस्कोपिक क्याम्प सञ्चालन


शर्मिला राई, धनकुटा खबर, पौष २३ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ सिद्धरानी वोर्डिङ स्कुल तेलियामा आज १ दिने निःशूल्क माईक्रोस्कोपिक क्याम्प सञ्चालन गरिएको छ ।

छथरजोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित क्याम्पमा १ सय ४९ जनाको खकार जाँचका लागि संकलन गरिएको छ । क्षयरोगी पत्ता लगाई यसको समयमै डस्ट विधिवाट उपचार गर्ने लक्षका साथ आयोजित यस क्याम्पमा संकलित खकारको आज स्लाव वनाउने काम गरिएको र अब केही दिनमा रिपोर्ट आउने स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

क्याम्पमा अन्य १ सय २५ जना सामान्य विरामीको पनि स्वास्थ्य जाँच गरि औषधि वितरण गरिएको छ । क्याम्पमा स्वास्थ्य शाखा प्रमुख डङ्गोल सिहत उप प्रमुख दिन प्रसाद दुलाल,तेलिया स्वास्थ्य चौकी प्रमुख रामनारायण शाह,ताङ्खुवा स्वास्थ्य चौकी प्रमुख पुष्पराज ओझा, स्वास्थ्य चौकीका ल्याव टेक्निसियन अप्सरा दाहाल लगायत स्वास्थ्य स्वयम्सेविका र अन्य स्वास्थ्यकर्मी महिलाहरुको उपस्थिती थियो ।

माईक्रोसकोपिक सेन्टर देखि टाढाको वस्तिमा सञ्चालन गरिने यस्तो क्याम्प यसअघि १ र ५ नं वडामा सञ्चालन गरिसकिएको स्वास्थ्यशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आधुनिक तरकारी खेती विस्तार गर्न धनकुटाको चौविसेमा प्लाष्टिक टनेल वितरण

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकाले आधुनिक तरकारी खेती विस्तार गर्दै लाने लक्षका

धनकुटाको महालक्ष्मी नगरपालिकालाई मकै पकेट क्षेत्र घोषणा ! – किसानलाई बाँडियो अत्याधुनिक मेशिन

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै रोप्ने ५ वटा अत्याधुनिक मेशिनहरु कृषकहरुलाई

धनकुटाको नमस्ते झरना नजिकै लेउती खोलामा पर्यटकीय पुर्वाधार निर्माण

धनकुटा खबर । पूर्वको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै

घरभाडा छुट गर्ने धनकुटाका थप ७३ घरधनीलाई सम्मान गरियो

धनकुटा खबर, असार २७ । लकडाउन अवधिको घरभाडा छुट गरिदिएका धनकुटा बजारका थप

अनलाईन टिभी