fbpx

मिल्ने केटा पाए विवाह गर्न तयार अवस्थामा छु : निता ढुंगाना (भिडियो सहित)


काठमाडौ । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’ को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् ।

निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, “मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ । खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ ।”

नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् । दुई वर्ष अघि आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् ।

घोषणा गरेको दुई वर्ष पश्चात मात्र किन बल्ल फ्लोरमा जान लाग्यो भने सोध्दा निता भन्छिन्, “सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो ।

त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन । अहिले आएर सबै कुरा मिलेको छ र चलचित्र फ्लोरमा जाँदैछ ।”

निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन ।

प्रतिक्रिया दिनुहोस
दिपाश्रीले पुजा र आकाशलाई जि’स्काउदा चल्यो स’म्बन्धको चर्चा (भिडियो सहित)

काठमाडौ । पूजा शर्मा र आकाश श्रेष्ठको स’म्बन्धलाई लिएर मिडियामा थरीथरीका गसिपहरु बनिरहेका

अधिकार खोज्दै सत्यराज-स्वरुपराज मिडियामा, अब ‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म ता’निने भए (भिडियो सहित)

काठमाडौ । भजन शिरोमणि भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले

एक्लै भएपनि पूर्ण छु : रिमा विश्वकर्मा (भिडियो सहित)

काठमाडौ । नायिका तथा मोडल रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ अहिले