fbpx

चर्चित बाल कलाकार अनुभव रेग्मीको नयाँ लुक्स, भन्छन- यो कपालको लागि मैले धेरै मेहेनत गरेको छु (भिडियो सहित)


काठमाडौ । नाइँ न भन्नु ल २ बाट बाल कलाकारमा डेब्यु गरेका अनुभव रेग्मी अहिलेको चर्चित बाल कलाकारमा परिचित छन् । अहिले अनुभव रेग्मी प्रेम गित ३ मा देखिनका लागी तिब्र रुपमा तयारी गरिरहेका छन् ।

अनुभव रेग्मी प्राय कमै चलचित्रमा देखिने गरेका छन् । नाइँ न भन्नु ल सिरिज बाहेक फाट्टफ़ुट्ट चलचित्रमा देखिएका छन् र उनलाई दर्शकहरुले मुख्यता यहि सिरिजमा धेरै रुचाएका छन् । तर अहिले निर्देशक सन्तोष सेनले अनुभवलाई आफ्नो चलचित्र प्रेम गित ३ मा विशेष तरिकाले प्रस्तुत गर्ने तयारीमा रहेका छन् ।

सन्तोष का अनुसार अनुभवलाई नाइँ न भन्नु ल भन्दा अब प्रेमगीत का सानो प्रेम भनेर चिनाउने कोशिस रहेको बताएका छन् । अनुभव पनि अहिले दिनरात यहि तयारी मा रहेका छन् । अनुभव रेग्मीलाइ प्रेमगीतमा साच्चै नै फरक रुपमा प्रस्तुत गर्न लागिएको देखिन्छ । अनुभवले यहि चलचित्रका लागि धेरै दुख समेत गरेको देखिन्छ ।

झण्डै एक महिना देखि अनुभवले नक्कली कपाल टासेर बसेका छन् जसले गर्दा धेरै दुख समेत खपेका छन् । नक्कली कपाललाई टाउकोमा टास्दा धेरै दुखेको र आफु कत्ति रोएको समेत बताएका छन् । घरमा जत्ता हेर्यो कपाल मात्र देख्थे भन्दै आफु कठिनाईको अनुभव क्यानाडा नेपालसंग कुराकानीमा साटेका छन् ।

“कपालको लागि मैले धेरै मेहेनत गरेको छु । कपाल जोड्दा म धेरै रोएको छु र बाबा ममीले मलाई फकाई फुलाई गरि बुझाउनु भयो । सुत्दा समेत गाह्रो हुने र कपालको रबर खुल्दा आफुले लाउन पनि सक्दिन । मलाई यो कपालले गर्दा धेरै झन्झट दिएको छ तर चलचित्रको लागि हो भनेर यो सहिरहेको छु ।”

यत्ति दुखकष्ट सहे पश्चात राम्रो पारिश्रमिक लिनु भयो होला नि प्रेमगीतका लागि भनेर प्रश्न गर्दा अनुभवले भने, “म कहिले पनि चलचित्रको पारिश्रमिकको कुरा गर्दिन । त्यो सबै मेरो मम्मीले सम्हाल्नु हुन्छ । चलचित्रको पारिश्रमिक बारे म त्यति बुझ्दिन पनि र बुझ्न खोज्ने बेला भएको पनि छैन जस्तो लाग्छ ।”

प्रतिक्रिया दिनुहोस
दिपाश्रीले पुजा र आकाशलाई जि’स्काउदा चल्यो स’म्बन्धको चर्चा (भिडियो सहित)

काठमाडौ । पूजा शर्मा र आकाश श्रेष्ठको स’म्बन्धलाई लिएर मिडियामा थरीथरीका गसिपहरु बनिरहेका

अधिकार खोज्दै सत्यराज-स्वरुपराज मिडियामा, अब ‘नेपाल आईडल’ देखि ‘द भ्वाईस’ सम्म ता’निने भए (भिडियो सहित)

काठमाडौ । भजन शिरोमणि भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिले

एक्लै भएपनि पूर्ण छु : रिमा विश्वकर्मा (भिडियो सहित)

काठमाडौ । नायिका तथा मोडल रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ अहिले

मिल्ने केटा पाए विवाह गर्न तयार अवस्थामा छु : निता ढुंगाना (भिडियो सहित)

काठमाडौ । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’ को