fbpx

ठेकेदारको ला’परवाहीले धनकुटाको पाख्रीबासस्थित यो भवन वर्षौ देखी अ’लपत्र


धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका १० मा निर्माणाधिन स्वास्थ्य चौकी भवन आधा पनि काम नभई वर्षौ देखी अ’लपत्र अवस्थामा छ । ३ वर्षमा निर्माण पूरा गर्ने लक्षका साथ आर्थिक वर्ष २०६८/६९ मा सिलान्यास गरि काम थालिएको यो भवन ठेकेदारको ला’परवाहीको कारण तोकिएको समयमा सकिएको थिएन ।

स्थानियका अनुसार भवन निर्माणको काम निश्चित समयमा नसकिएको लगत्तै एक वर्ष पछि २०७२ सालको भु कम्पमा परी धनकुटाका पेटी ठेकेदार अगेन्द्र राई मृ त्यू भयो । र काठमाण्डौका मुल ठेकदार राधेश्याम कार्कीको पनि नि धन भएपछि झन निर्माणधिन भवनको ठेक्का वे वारिसे जस्तै वनेको हो ।

२ करोड ८५ लाखमा स्वास्थ्य मन्त्रालयबाट टेन्डर पारेर काठमाण्डौका मुल ठेकेदार कार्कीले धनकुटाका पेटि ठेकेदार अगेन्द्र राईलाई जिम्मा दिएका थिए । ५ जनाको दरबन्दी कायम गरी १६ कोठाको २ तले भवन निर्माण गर्ने उद्देश्यले थालिएको भवन न वन्दा अहिले स्वास्थ्य चौकी पूरानै ४ कोठे भवनमा सञ्चालित छ ।

पाख्रीवास १० का वडाध्यक्ष्य हरि बहादुर खत्रीले आफु वडाध्यक्ष्यमा निर्वाचित भए पछि नयाँ भवन निर्माणको काम निरन्तरताका लागि आफुले प्रदेश देखि केन्द्र सम्म ताकेता गरेपनि आश्वासन मात्र पाएको बताउनु भयो । उहाँले भन्नुभयो “एक पटक मेरै नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयमा गईयो अनि केन्द्रमा पनि मेयर सँगै डेलिगेशन जस्तो गएर स्वास्थ्य तत्कालिन स्वास्थ्य मन्त्रीलाई भेटेर शहरी विकासमा फोन गराउँदा टेण्डर तोडिएको छ अव नयाँ टेण्डर लाग्छ तपाईहरु नआत्तिनुस भनेर हामी आको तर अहिले सम्म टेण्डर तोडिएको नै सूचना पाईरहेका छौ,अर्को टेण्डर लाग्नु पर्ने लागेको छैन ।”

भवन निर्माणका लागि ल्याईएको मध्ये त्यहाँ वाँकी रहेका केही रड लगाएतका सामाग्रीहरु पनि अहिले त्यहाँ नरहेको र गाउँघरका होटलमा उतिवेला कामदारहरुले खाएको उधारो समेत अझै वाँकी रहेको उहाँको भनाई छ ।

प्रसुति विशेषज्ञको दरबन्दी कायम गरी प्रसुति सेवा, इमर्जेन्सी सेवा सहितका अन्य सेवा थप गर्ने योजनाका साथ थालिएको नयाँ भवनको निर्माण कार्य अलपत्र हुँदा ती सेवा लिन त्यहाँका सर्वसाधारणले अन्यत्रै धाउन वाध्य भएको स्थानिय वासिन्दा दधिराम तिम्सिनाले वताउनुभयो । हाल पूरानो भवनमा सामान्य चेक जाँच मात्र हुने गरेको र सामान्य वाहेकका अरु स्वास्थ्य सेवा लिन हिले, धनकुटा, धरान, जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

अलपत्र अवस्थामा अवस्थामा पुगेको निर्माणधिन स्वास्थ्यचौकी भवन सँग सम्वन्धित कुनै पनि विवरण वडा कार्यलय र हाल सञ्चालित पूरानो स्वास्थ्यचौकी सँग नभएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका उम्मेद्धवारलाई विजयी गराउँन आग्रह

धनकुटा खबर, ४ माघ । माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा

धनकुटाको चुलाचुलीमा जारि मावि स्तरीय उपाध्यक्ष कपको फाइनल भोली

धनकुटा खबर, ४ माघ । छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा जारि माध्यमिक तह स्तरीय उपाध्यक्ष

धनकुटामा जारि प्रदेश स्तरीय महिला फुटवल : धनकुटा र झापा सेमिफाइनलमा

धनकुटा खबर, ४ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश

धनकुटामा गुडिरहेको बसमा आ’ग्लागी, ५ जना घा’ईते

धनकुटा खबर, माघ ३ । कलेजको विद्यार्थी लिएर धनकुटावाट विराटनगर तर्फ गईरहेको रिजर्भ