उद्यमी बनाउने उदेश्यका साथ धनकुटाको सिधुवामा अचार बनाउँने तालिम


धनकुटा खबर, २९ पुष । प्रधानमन्त्रि कृषि आधुनीकीकरण परियोजना तरकारी जोन सिधुवा धनकुटाले किसानहरुलाई उद्यमी व्यवसायी बनाउने उदेश्यका साथ धनकुटाको सिधुवामा सञ्चालित ३ दिने तरकारी बालि उत्पादनोपरान्त प्रशोधन प्रविधि सम्बन्धी तालिमा मंगलबार सम्पन्न भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउपालिकाका २२ जना कृषक सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा सहभागिहरुले गुणस्तरीय अचार बनाउने विधि, बनाएको अचारलाई बजारीकरण कसरी गर्ने लगायत विषयमा जानकारी गराइएको तरकारी जोन सिधुवाका प्रमुख देबेन्द्र शाहुले जानकारी दिनुभयो ।

तालिममा सहभागि किसानहरुले तालिम निकै फलदायी भएको र यस्ले कृषकको आय स्तरमा बृद्धि हुने विस्वास लिएका छन । तालिम समापन कार्याक्रममा बोल्नु हुदै तरकारी जोन सिधुवा धनकुटाका सञ्चालक समितिका अध्यक्ष मेखबहादुर खड्काले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा उर्तान जोड दिदै उद्यमी बन्न चाहाने किसानलाई ५० प्रतिशत अनुदानका कार्यक्रम उपलब्ध गारउने बताउनुभयो ।

कार्यक्रममा सुलभ बचत तथा ऋण सहकारी सिधुवाका अध्यक्ष मेगेन्द्र गुरुङ्ग , छथरजोरपाटी गाउँपालिका कार्यपालिका सदस्य टिमला श्रेष्ठ, पत्रकार विदुर खवास र प्रशिक्षक रञ्जन सिंहले किसानहरुले उत्पादन गरेका बस्तुको बजारीकरणमा ध्यान दिन सरोकारवालाहरुलाई सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको यो ठाऊँ जहाँ सित्तैमा टन्न आँप खान र सके जति लान पाईन्छ

धनकुटा खबर । अहिले आँप पाक्ने समय हो, आफ्नै बगैचामा आँप हुनेहरुले खानका

धनकुटाका ७ वटै स्थानिय तहका ८० देखि ८५ प्रतिशत वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईयो

धनकुटा । धनकुटाका विभिन्न स्थानिय तहका ८० देखी ८५ प्रतिशत वालवालिका लाई भिटामिन ए

धनकुटाको पाख्रीवास नगरपालिकाका किसानहरुलाई नि:शूल्क डाले घाँसको विरुवा वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका पशुपालक किसानहरुलाई आज नि:शूल्क रुपमा डाले घाँसको विरुवा

हिलेका तीन पीडितलाई आर्थिक सहयोग

कबिराज घिमिरे, धनकुटा । इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओले धनकुटा हिलेका तीन

अनलाईन टिभी