fbpx

प्रधानमन्त्रीको यस्तो सन्देश बोकेर विष्णु पौडेल खुमलटारमा


काठमाडौं, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटारमा पुगेका छन् ।

पछिल्लो समय नेकपामा शक्ति–समिकरण फेरिएको छ । अध्यक्ष ओलीलाई अर्का अध्यक्ष दाहालले कमजोर बनाएको चर्चा तथा परिचर्चा भैरहेको छ ।

प्रधानमन्त्री ओलीले सभामुखमा आफ्नो मान्छे ल्याउन चाहँदाचाहँदैपनि प्रचण्ड आफूनिकट नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेद्धवार बनाउन सफल भए । त्यसपछि ओली कमजोर भएको आँकलन गरिएको हो ।

आज (बुधबार) भने नेकपाका महासचिव एवम् सचिवालय सदस्य विष्णु पौडेल आज प्रचण्डनिवास खुमलटार पुगेका छन् । स्रोतका अनुसार उनी अध्यक्ष ओलीको सन्देश बोकेर खुमलटार पुगेका हुन् ।

पार्टीको अब बस्ने केन्द्रीय समितिको बैठक, उपसभामुखमा कुन पार्टीसँग सहकार्य गर्ने र एमसिसीलगायतका विषय बोकेर नेता पौडेल प्रचण्ड निवास पुगेको बताईन्छ ।

ओलीले पार्टीको सचिवालय बैठक र केन्द्रिय समितिको बैठकबाट एमसिसी सर्वसम्मत रुपमा पारित गर्नेबारे ठोस निर्णय लिनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड खेमाबाट केही अवरोध हुने बुझेर नै उनले महासचिव पौडेललाई आफ्नो सन्देश पठाएका हुन।

प्रतिक्रिया दिनुहोस
प्रजातन्त्र दिवसमा टुँडिखेलको जमिन र आकाशमा जे देखियो – हेर्नुहोस् भिडियो

काठमाण्डौं । आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सैनिकमञ्च

एमसीसी टेबुल गर्न अनुमति नदिएको कारण मलाई फ,साईयो – महरा

काठमाडौ । पूर्वसभामुख कृष्ण बहादुर महराले आफुले कुनै किसिमको ग,ल्ति नगरेको दा,बी गर्दै

सवारी दु,र्घट,नामा परि घा,इते भएका नेपाली सेनाका मेजरको नि,धन

काठमाडौं, ७ फागुन । सवारी दु,र्घट,नामा ग,म्भिर घा,इेत भएका नेपाली सेनाका मेजरको नि,धन

७० वर्षमा लागिन् पूर्वरानी कोमल शाह

काठमाडौं । आज फागुन ७, नेपालमा प्रजातन्त्र आएको दिन । २००७ फागुन ७

अनलाईन टिभी