fbpx

तामाङ घेदुङ प्र वास शाखा साउदी अरेबिया’को सोनाम ल्होछार सांस्कृतिक समारोह-२०७६ सम्पन्न


साउदी । नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले’ सोनाम ल्होछार सांस्कृतिक समारोह-२०७६ ‘ सम्पन्न गरेको छ ।

घेदुङले बिगतका वर्षहरुमा झैं जनवरी २४ तारिख शुक्रबार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार `जीवा/नाम्युङ´ मुसा वर्गको अवसर पारेर सांस्कृतिक समारोहको आयोजना गरेको हो । कार्यक्रम साउदीको जेद्दा शहरस्थित येल्लो लेमन (Yellow Lemon) रेस्टुरेण्ट, सरफियामा भएका थियो ।

कार्यक्रमका प्रमुख अतिथि जेद्दाका कार्यवाहक नेपाली महावाणिज्यदूत रेबती रमण पौडेलले नेपाली विभिन्न फुलहरुको फुलबारी भएको बताए । उनले थपे- प्रवासमा समेत मौलिक चाडलाई संरक्षण तथा सम्बर्द्धन गर्ने हेतुले आयोजना गरेको कार्यक्रममा भिजिट नेपाल-२०२० को समेत प्रचारप्रसार गरेकोमा धन्यवाद दिए । महावाणिज्यदूत पौडेलले साउदीमा घेदुङले गरेका कार्यक्रमहरुमा निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहयोग रहने प्रतिबद्धता गरे ।

समारोहमा आदिवासी जनजाति महासंघका क्षेत्रीय अध्यक्ष ङिमा साङ्गे शेर्पाले शुभकामना मन्तव्यका क्रममा नेपाल सरकारले तामाङ लगायत अन्य आदिवासीहरुको चाडपर्वमा पाउँदै आएको बिदा कटौती गरेर राज्यले तानाशाही प्रवृत्ति देखाएको बताए । उनले थपे- यदि नेपाल सरकारले बिदा कटौतीका बारेमा ध्यान दिएन भने आदिवासी जनजातिहरू सरकार विरुद्ध सडकमा आउन बाध्य हुनेछ ।

घेदुङका अध्यक्ष तथा कार्यक्रमका सभापति दिलबहादुर तामाङले विभिन्न जिम्मेवारीको बहन गर्दै ल्होछार समारोहलाई सभ्य र भव्य बनाइदिएको धन्यवाद दिए । सभापति तामाङले आगामी दिनहरुमा सामाजिक मूल्य मान्यतालाई आत्मसात गर्दै नेवा-तामसालिङ प्रदेश स्थापनाको आन्दोलनमा एकताबद्ध भएर लाग्ने बताए ।

रोजगारीका लागि साउदी आइपुगेका तामाङहरुलाई एकैपाटोमा उभ्याउन घेदुङले भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान लगायतलाई संरक्षण तथा सम्बर्द्धनका लागि कार्यक्रमको आयोजना गरेको आयोजकले बताए ।

‘तामाङ भाषा, सांस्कृतिक प्रबर्द्धन गरौं, ताम्सालिङ प्राप्तिको लागि शक्ति निर्माणमा लागि परौँ’ भन्ने नाराका साथ ल्होछार मनाएका घेदुङ सन् २०१४मा स्थापना गरिएका थिए ।

यसवर्ष साउदीमा जनवरी २४ तारिख शुक्रबार घेदुङ क्षेत्रीय समिति दमाम र साउदी केन्द्रीय घेदुङ सोनाम ल्होछार मनाए । त्यसैगरी रियादमा तामाङ एकता समाज नामक तामाङ संस्थाले जनवरी १७ तारिखमा सांस्कृतिक समारोहको आयोजना गरी ल्होछार मनाए ।

औपचारिक कार्यक्रम संस्थाका सचिव शलेस योञ्जन तामाङले सञ्चालन गरेका थिए । त्यसैगरी सांस्कृतिक कार्यक्रम नर कुमार मगरले सञ्चालन गरेका थिए ।

कार्यक्रममा ल्हेछार प्रेमी, तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थिति थियो। उपस्तिथिहरुले तामाङ समुदायको मौलिकता झल्कने तामाङ पहिरनमा सजिएका थिए । समारोहमा स्थानीय कलाकार, धन गुरुङ, शान्ति थिङ तामाङ, पुजा सर्गम, काबिया पाख्रीन तामाङ, गुराँस राई, अनिश बोम्जन लगायतले तामाङ सेलो, डम्फू गीत, सेलो नाचमा बेजोड प्रस्तुति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
निकट भविष्यमै कफाला प्रणाली ह,टाउदै साउदी अरव, विदेशी श्र,मिकहरु ला,भान्वित हुने

एजेन्सी । साउदी अरवले कफाला प्रणाली हटाउने तयारी गरेको छ । निकट भविष्यमै

साईप्रसमा पर्यटन मन्त्री भट्टराईद्वारा नेपाल भ्रमण बर्ष उद्घाटन

दिनेश गौतम/साईप्रस।। ‘समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं’ भन्ने नाराका साथ सुरू हुन

अरुलाई परीक्षा लेख्न लगाई कोरिया पुगेका एक सय बढी नेपाली प,क्राऊ

सोउल । कोरियन अध्यागमन विभागले न,क्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी

उडिरहेको विमानभित्र बे,होस भएका नेपाली यात्रुको मृ,त्यु

मगेन्द्र राई, हङकहङ, फागुन ३ हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा

अनलाईन टिभी