सरकारले साथ दिए नेपालमा नि :शुल्क फोन कल र आधा रेटमा इन्टरनेटको सु बिधा दिन्छौ : सिजी ग्रुप


काठमाडौं। लामो समयदेखि दूरसञ्चार प्राधिकरणबाट यूनिफाइड लाइसेन्सको पर्खाइमा रहेको सीजी टेलिकमले सेवा विस्तार गर्न तयारी अवस्थामा रहेको बताएको छ।गत बिहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अभिव्यक्ति तथा सीजी टेलिकम सेवा विस्तारको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चौधरी समुहले नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा सञ्चालन दिन आवश्यक सबै तयारी पुरा गरिसकेको जानकारी दिएको हो ।

कार्यक्रममा चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकम सञ्चालन गर्न तयारी अवस्थामा रहेपनि तीन बर्षदेखि सरकार बा’धक बनिरहेको बताए। उनका अनुसार सीजी टेलिकमले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गत बिहीबार पत्रकार सम्मेलनमा २० अर्ब तिरे सीजीले लाइसेन्स पाउने भन्ने अभिव्यक्ति नि’योजित देखियो ।उनले यूनिफाइड लाइसेन्स लिन २० अर्ब तिर्नुपर्ने नभई १० वर्षको अवधिमा लाइसेन्स नविकरण गर्दा तिर्नुपर्ने बताए ।

प्रबन्ध निर्देशक चौधरीले नेपालीलाई निःशुल्क भ्वाइस सेवा र अन्य सेवाप्रदायक भन्दा ५० प्रतिशत सस्तो डाटा सेवा दिनबाट सरकारलेनै सीजीलाई लामो समयदेखि ब’न्धक बनाउँदै आएको आरोप लगाए। ‘हामी लाई सेवा सञ्चालन गर्न दिनुपर्छ, के कारण सीजीलाई आधारभूत टेलिफोन सेवामा आउन रोकिएको हो भन्ने जवाफ सरकारले दिनुपर्छ’ उनले भने । उनका अनुसार आधारभुत सेवाको लाइसेन्सका लागि सबै शर्त सीजीले पुरा गरिसकेको छ ।

चौधरी भन्छन ‘अन्य सेवाप्रदायकले बक्यौता नतिरी फ्रिक्वेन्सी होल्ड गरेर बसेका छन् तर, सस्तो सेवा दिन लागेको सीजी टेलिकमलाई रो’क्नु तथा १० वर्षपछि अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदानै तिर्नुपर्ने भनेर मन्त्रीले भ्र’म छर्न खोजिएको छ ।’ सीजी टेलिकमलाई सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै स’मस्या नरहेको चौधरीले बताए । उनले १८ सय व्यान्डमा फ्रिक्वेन्सी बाँकी नरहेपनि २२ सय र २३ व्यान्डका फ्रिक्वेन्सी खरिद गरि सेवा सञ्चालन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
लिन सकिएन ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक

भित्रियो ढल र मङ्गल सफा गर्ने प्रविधि

ललितपुर । ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ

चीनले मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्दै

बेइजिङ, असार १ । चीलने मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। बेडाउन

अब ट्वीटरमा पनि फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर

एजेन्सी । ट्वीटरले फेसबुक र इन्स्टाग्रामको स्टोरीजस्तै फिचर ल्याएको छ। बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले

अनलाईन टिभी