fbpx

पूर्वका ठूला परियोजनामा बन्धन सिमेन्ट


बन्धन सिमेन्ट पुर्वी नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । अत्याधुनिक प्लान्टबाट उत्पादिन बन्धन सिमेन्ट गुणस्तरमा सम्झौता नगर्ने ब्राण्डका रुपमा पनि चिनिन्छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिको उत्पादन रहेको यो सिमेन्टले छोटो समयमै लोकप्रियता हाँसिल गरेको छ । सिमेन्टका सञ्चालक हरिवंश राठीसँग हिमाल दाहालले गरेको कुराकानीः

बन्धन सिमेन्ट कसरी सुरु भयो ?
गुणस्तरीय सिमेन्टको मागलाई हेरेर हाम्रो टिमले सिमेन्ट उत्पादन गर्न थालेको हो । मेरो आफ्नै अनुभव भने सिमेन्टमा थिएन, पहिलो पटक हो । तर सिमेन्टको कारोबार गरीसकेका सञ्चालकहरुको अनुभव र बजार मागका आधारमा बन्धन सिमेन्ट सुरु भएको हो ।

सिमेन्टको आवश्यकता भन्नुभयो, पहिला पनि उत्पादन त भईरहेकै थियो । अभाव नै त थिएन होला ।
हामीले यो उद्योग स्थापना गरिरहँदा बजारमा अभाव नै थियो । सिमेन्टको गुणस्तर र सिमेन्टको भाउ पनि निक्कै राम्रो थियो । सबै उद्योगीहरुले आफ्नो उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन गरेका थिए । तर त्यसमा पनि हामीले थप केही सुविधा दिन सक्छौं, गुणस्तरीयता अनि वितरणमा हामी केही नयाँ गर्न सक्छौं भन्ने सोचेर उद्योग सुरु गर्यौं ।

बन्धन सिमेन्टमा के–के विशेषता थप्न सकिन्छ भनेर सोच्नुभयो ?
पूर्वाञ्चलमा हेर्ने हो भने हाम्रो बन्धन सिमेन्टको उद्योग सबैभन्दा ठूलो उद्योग हो । ठूलो भईसके पछि गुणस्तरलाई मुख्य ध्यान दिइएको छ । ल्याबहरु राखेका छौं । त्यसैले अरु भन्दा हाम्रो बन्धन सिमेन्ट गुणस्तरीय छ । यस्तै हामीले वितरण र बजारमा समेत सरल र सहज वातावरण बनाएका छौं ।

सिमेन्ट उत्पादन सुरु गरिसकेपछि अहिलेको बजारमा कत्तिको प्रतिस्पर्धा छ ?
पछिल्लो समय बजारमा डिमाण्ड कम छ र सप्लाई धेरै छ । त्यसले गर्दा मूल्यदर पनि न्यून छ । भएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालनमा छैनन् । तर सधैँ यस्तो अवस्था नरहने आशा छ । सरकारको केही नयाँ नीति आयो भने वा जग्गा कित्ताकाँट सुरु भएर घरहरु बन्न थाल्यो भने सिमेन्टको व्यापार राम्रो हुनेछ ।

केही समय अगाडी निर्माण व्यवशायीहरुले अर्थमन्त्रीसँग गरेको छलफलमा सरकारले खर्च नगरेको कारण उत्पादनमुलक उद्योगहरुको व्यापार राम्रो नभएको र बजारमा पैसा नभएको गुनासो गरेका थिए । यसमा कत्तिको सत्यता छ ?
वास्तवमा सरकारले बजेट विनियोजन गर्ने क्रममा धेरै आश्वासन दिएको पाइन्छ । तर त्यो कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुन्छ । सरकारको विकास निर्माण कार्य सुस्त हुँदा पनि सामाग्रीको खपत कम हुने भएकोले उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन सक्दैनन् । जसको असर सिमेन्ट उद्योग जस्तै निर्माणसम्बन्धि सामाग्री उत्पादन गर्ने उद्योगमा देखिन्छ ।

सिमेन्ट उद्योग सञ्चालनका लागि नयाँ उद्योग प्रवेशमा बन्देज त छैन नि ?
सरकारको तर्फबाट कुनैपनि बन्देज छैन तर व्यापारीले अथवा उद्योगपतिले यदी सिमेन्ट उद्योगमा लगानी गर्छ भने पहिला बजारको अवस्था बुझ्नुपर्ने हुन्छ । डिमाण्ड कति छ र सप्लाई कति भईरहेको छ अनि आफ्नो प्रोडक्सनबारे आफुमा नै स्पष्ट हुनुपर्छ । अरुको चल्दैछ भन्दैमा आफुले पनि सुरु गर्दा घाटा हुन सक्छ । अहिले सिमेन्ट उद्योग अलिकति समस्यामै छन् । तर सधैँ यस्तो समस्या पनि नहोला आशा छ ।

उदयपुरमा पनि सरकारी सिमेन्ट उद्योग छ, त्यो लामो समय सम्म सञ्चालन हुन सकेन । बजारमा माग बढेको समयमा पनि त्यो उद्योग चल्न सकेन । के भएर त्यस्तो भएको हो ? सिमेन्ट उद्योगीको हिसाबले के सल्लाह दिनुहुन्छ ?
व्यवस्थापन गर्ने कुरामा कमजोरी भयो । उत्पादन र बजारीकरणमा समस्या भयो । बजारको बिक्री दरलाई करेक्सन गरिएन र मेरो सिमेन्ट मेरै भाउ भनेर मूल्य तोकियो भने पनि समस्या सिर्जना हुनसक्छ ।

सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्नको लागि राज्यले के गर्न आवश्यक छ ?
ठूला घर, पुलहरु बनाउन आवश्यक छ । जसले सिमेन्टको खपत बढाउँछ भने जनताको विकासको चाहनालाईसमेत सम्बोधन गर्छ ।

पूर्वमा सरकारी पुल, भवन जतिपनि निर्माण हुन्छन् । त्यसमा पूर्व क्षेत्रको उद्योगहरुलाई कत्तिको प्राथमिकता दिएको पाउनुहुन्छ ?
निर्माण परियोजनाहरुमा सिमेन्टको क्वालिटी हेरिन्छ । सरकारी परियोजनामा उपयोग होस् भन्नका लागि एन एस गुणस्तर चिन्ह पाउने गरी स्तरीय उत्पादनमा पनि उद्योगीहरुले ध्यान दिनुपर्छ । जहाँसम्म सरकारको कुरा छ, प्रदेश सरकारले आफ्नै वरिपरीका परियोजनाहरुमा यहीँको उत्पादनलाई प्राथमिकता दिएकै पाइन्छ । जस्तै भारतीय सरकारको लगानी रहेको अरुण तेस्रो परियोजनामा पनि बन्धन सिमेन्टलाई प्रयोग गरिएको छ । बन्धन सिमेन्टको गुणस्तर धेरै राम्रो छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । त्यसैगरि पहाडी क्षेत्रमा सञ्चालन भइरहेका अरु परियोजनाहरुमा पनि बन्धन सिमेन्टको प्रयोग भइरहेको छ ।

के आधारमा सबै ग्राहकलाई बन्धन सिमेन्ट नै खरिद गर्नुपर्छ भन्नुहुन्छ ? बन्धन सिमेन्ट नै किन किन्ने ?
पहिलो त गुणस्तरी छ । गुणस्तरपछि मुख्य कुरा सप्लाई हो । पूर्वाञ्चलको सेन्टर विराटनगरमा बसेका छौं । जुनसुकै समयमा सप्लाई गरिरहेका हुन्छौं । त्यसैले यस क्षेत्रका जति पनि ग्राहकहरु हुनुहुन्छ, वहाँहरुलाई हाम्रो सिमेन्ट खरीद गर्न अनुरोध गर्छु । सहज रुपमा, नजिकको दुरी र कम भाडादरमा सिमेन्ट उपभोग गर्नका लागि बन्धन सिमेन्ट उपयुक्त हुन्छ ।

अन्त्यमा ग्राहक तथा सरकारी पक्षलाई केही भन्न चाहनुहुन्छ ?
ग्राहकहरुलाई यही भन्न चाहन्छौं कि, ‘सिमेन्ट होस् त बन्धन जस्तो ।’ यदी सिमेन्ट प्रयोग गर्नु छ भने गुणस्तरयुक्त भएको बन्धन सिमेन्ट नै रोजौं । धेरै उत्कृष्ट प्रविधि र दक्ष कर्मचारीबाट ल्याबलाई सञ्चालन गरेर राम्रो सिमेन्ट उत्पादन गरिने भएकाले बन्धन सिमेन्ट कै प्रयोग गर्नुस् ।

प्रतिक्रिया दिनुहोस
यी आमा जो आफ्नै चर्चित छोराको परिचयबाट चिनिन चाहदिनन्, कारण यस्तो (भिडियो सहित)

काठमाडौं । चर्चित स्व,र्गीय पत्रकार इन्द्र लोहनीकी आमा हरिमाया लोहनीले आफ्नो छोरा गु,माएपनि

पूर्वसचिव अर्जुन कार्कीलाई गि,रफ्तार गरी अ,नुसन्धान गर्नुपर्छ भन्दै ग,र्जिए आङकाजी (भिडियो सहित)

काठमाण्डौं । नेपाल जनजातीका महासंघका पूर्वसचिव आङकाजी शेर्पाले गत सोमवार पूर्व सचिव अर्जुन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा वि,वाद फेरि सतहमा (भिडियो सहित)

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा वि,वाद फेरि सतहमा

जाँदा-जाँदै सर्वेन्द्र खनालले निर्मला प्र,करणबारे खोले यस्तो रहःस्य – हेर्नुस् भिडियो

काठमाडौ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउने दिन संघारमै आइपुगेको छ

अनलाईन टिभी