मे यर र उ पमेयर भारत जाँ दा नगरपालिकामा सा र्बजनिक बि दा


काठमाडौं : नुवाकोटको बेलकोटगढी नगरपालिकाले मेयर/उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ।बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्। २०७४ सालमा भएको स्थानीय तह निर्वा चनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालिन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर/उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन्। ‘युएनओपिएसको कार्यक्रममा भाग लिन उहाँहरू हिजो भारत जानुभएको हो’ वडाध्यक्ष लोहनीले भने। मेयर/उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि अहिले विवाद भएको छ। बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू असन्तुष्ट छन्।

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका थिए। ‘सूचनामा मेयर/उपमेयर भारत जाने दिन बिदा दिइने उल्लेख छैन,’ स्रोत भन्छ, ‘तर त्यही प्रयोजनका लागि बिदा दिइएको छ।’ नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ। सेतोपाटीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
नेकपाको संगठन विभागमा धनकुटाका हेमराज भण्डारीलाई पठाइने

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज

नेकपाको अन्तरपार्टी निर्देशन – ५ जारी,यस्तो छ निर्देशन

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ।

देउवाले विभागमा अवैधानिक ढंगले मनोनयन गरेको भन्दै कांग्रेस जिल्ला सभापतिले जनाए आपत्ति

काठमाडौं, साउन २९ । नेपाली का‌ग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको

विभिन्न पाटी परि,त्या,ग गरी धनकुटाका ३२ जना नेकपामा प्रवेश

धनकुटा खबर । विभिन्न पाटी परि,त्या,ग गरी धनकुटाको चौविसे र सागुरीगढी गाउँपालिकाको ३२

अनलाईन टिभी