fbpx

धनकुटाको पाख्रीवासमा सञ्चालित मेयरकपमा आजका ४ वटै खेल बराबरीमा


धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित अन्तर वडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएका सम्पूर्ण खेलहरु बराबरी भएकाछन् ।

आज विहान वडा नं ७ र ९ वीच भएको खेलमा दुवै वडाले कुनै पनि गोल गरेनन् र गोल रहित वरावरी खेले। यो खेलको म्यान अफ दि म्याच वडा नं ७ का जर्सी नं २५ का खेलाडी दिनेश तामाङ घोषित भए ।

त्यस्तैगरी वडा नं ४ र ६ वीच भएको खेलमा पनि दुवै वडा ले १,१ गोलको वरावरी खेल्दै अंक बाँडेकाछन् । यस खेलको म्यान अफ दि म्याच वडा नं ६ का जर्सी नं १ का गोल किपर सुमन राई घोषित भए ।

त्यस्तै वडा नं १ र ५ वीच दिउँसो भएको खेलमा पनि दुवै वडाले १,१ गोल कै वरावरी खेलेकाछन् । म्यान अफ दि म्याच जर्सी नं ११ का खेलाडी कृष्ण कुँवर घोषित भए र वडा नं १० र २ वीचको आजको चौथो तथा अन्तिम खेलमा पनि दुवै वडाले १,१ गोल कै वरावरी खेलेकाछन् । यस खेलको म्यान अफ दि म्याच वडा नं २ का जर्सी नं १७ का खेलाडी विकास राई घोषित भए ।

म्यान अफ दि म्याच हरुलाई नगर प्रमुख वृष वहादुर राई लगायतले ट्रफी प्रदान गर्नुभएको थियो । भोलि ११ वजे देखी लिग चरणका अन्तिम तीन खेलहरु हुनेछन् । (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस
धनकुटाको पाख्रीवासमा यलम्वर पार्क निर्माण गरिदै, प्रदेश संसद विनादेवी राईवाट ६ लाख सहयोग

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ मा यलम्वर पार्क निर्माण गरिदै छ

धनकुटामा मैत्रीपूर्ण फुटवल – पुरुष तर्फ कर्मचारी र म,हिला तर्फ राजनैतिक दल विजयी

धनकुटा खबर, ८ फागुन । ७० औं प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा आज भएको

४० वर्षपछि छिन्ताङ्गका स,हिद परिवारले पाए राहात

धनकुटा खबर । श,हादत प्राप्त गरेको चालिस वर्ष पछि छि,न्ताङ्गका १६ जना स,हिदका

धनकुटामा १० जनाले लिए सीपमूलक तालिम

धनकुटा खबर, ६ फागुन । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा वेटर-वेट्रेस

अनलाईन टिभी