जात्रामा के टी जि,स्काएको घ,टनाको समाधान नहुँदा अन्ततः जनयु,द्ध सुरु भयो – अमिक शेरचन (भिडियो)


प्रकाश तिमल्सिना । कतिपय सवाल यस्ता हुन्छन्, जुन मानिसले रतिभर सोचेको हुँदैनन्। कुनै पनि ‘यु’द्ध’को पृष्ठभूमि ठूलो योजनाले बन्दैन। सामान्य घटनाले पनि यु”द्धको पृष्ठभूमि तयार हुँदोरहेछ भन्ने उदाहरणका रूपमा नेपालको १० वर्षेसशस्त्रयु,द्धलाई लिन सकिन्छ, जसलाई ‘अनअफिसियल्ली’ ‘ज’नयु’द्धपनि भन्ने गरिन्छ।

अमिक शेरचन, अहिले गण्डकी प्रदेशको प्रदेश प्रमुखको ‘राजकीय’ जिम्मेवारीमा छन्। उनीसँग यस पंक्तिकारले गत जेठ पहिलो साता एउटा भिडियो अन्तवार्ता लिएको थियो, त्यो अन्तर्वार्ताको उद्देश्य गणतन्त्र स्थापनाका लागि प्रत्यक्ष भूमिका निभाउने पात्रबारे उनकै मुखबाट बुझ्ने। जुन आफैंमा आश्चर्यजनक थियो।

त्यसबेला दुईवटा घटना भयो, जसले सशस्त्रयुद्धको पृष्ठभूमि तयार पारिदिएको शेरचनको भनाइ छ। ‘रोल्पाको एउटा जात्रामा हाम्रा पार्टीका ‘केटा’हरूले कांग्रेसका ‘के,टीहरूलाई जिस्काइदिएको भन्दै कांग्रेसीहरूले आ’क्रम’ण गरेछन्,’ उनी त्यस बेलाको घटना सम्झिन्छन्, ‘त्यसको भोलिपल्ट हाम्रा ‘केटा’हरूले जवाफ स्वरुप आ,क्रम,ण गरेर कु,टपि,ट गरेछन्, त्यसको केही दिनमै कु-टपि-टमा परेका कांग्रेसका एकजनाको उपचारका क्रममामृत्यु भयो।’ त्यसपछि उक्त मु’द्दा कांग्रेस भर्सेस एकता केन्द्रको हुन पुग्यो।

उक्त घटनामा तत्कालीन एकता केन्द्रका ५-६ जनामात्रै उपस्थित भए पनि गिरिजाप्रसाद कोइरालाको सरकारले रोल्पाको जननिर्वाचित सभापति झक्कु सुवेदीलगायत सिङ्‍गो जिल्लाभरिका एकता केन्द्रमा आबद्ध साथीहरूमाथि सामूहिक रूपमा मु द्दा चलाइयो। ‘त्यो मुद्दा समाधान होस्, फिर्ता लिइदियोस्, जोजो घटनामा संलग्न छन्, तीबाहेक अरुलाई मु’द्दा लगाउनु हुँदैन भनी हामीले धेरै कुरा गर्यौं‍,’ उनी सम्झिँदै भन्छन्, ‘अनेक प्रयत्न गर्दा पनि तत्कालीन कांग्रेस सरकारले मु’द्दाफिर्ता लिएन, मुद्दाहरू निरन्तर चलाइरह्यो, दुःख दिइरह्यो, हुँदाहुँदा तारिखमा आउँदा जुलुसजस्तो भएर आउनुपर्ने स्थिति सधैँ रह्यो, त्यो घटनाले हाम्रा साथीहरूलाई आजित बनायो।’

त्यस बेला रामेछापमा पनि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले एकता केन्द्रका नेता-कार्यकर्तामाथि सुरुमा आ’क्रम’ण गरे। उक्त आ’क्र’मणमा पनि कांग्रेस कार्यकर्ताहरू घा’इते भए। तर, जो आ’क्रम’ण गर्न आएको छ, उसलाई पक्राउ नगरी घा’इते भएका कांग्रेस कार्यकर्ताको पक्षमा लागेर सरकारले एकता-केन्द्रका कार्यकर्तामाथि मु’द्दा चलाइदियो।

‘तारिख धाउन जाँदा गाउँ-बस्ती पूरै खाली गरेर जुलुसझैं जानुपर्ने रोल्पामा ज्यानमु’द्दा थियो भने भने रामेछापमा ज्या’नमार्ने उद्योगको मु’द्दा हाम्रा ‘केटाहरू’माथि चलाएर अनावश्यक दुःख दिइएको थियो,’ शेरचन स्मरण गर्छन्’

‘कमरेड प्रचण्ड, कमरेड मोहन वैद्य ‘किरण’ले अति नै आजित भएर भन्न थाल्नुभयो–‘अब हुँदैन, ब”न्दुकको सट्टा ब’न्दुकले ठिक गनुपर्छ।’ यसबारे व्यापक छलफल गर्नुभयो, प्रस्ताव राखेकोराख्यै गर्नुभयो,’ उनी भन्छन्, ‘हामीले त्यसलाई रोक्ने प्रयास गरिरह्यौं, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति छैन, भनिरह्यौं, उहाँहरू बदला लिने नै हो भनेर लागिरहनुभयो।’

निर्मल लामा, अमिक शेरचनहरूले वैधानिक तरिकाले कानुनसम्मत प्रक्रियाबाट जानुपर्छ भन्नेमा जोड दिए। प्रचण्ड, मोहन वैद्यहरूले भने ‘रोल्पा घटनाको बदला लिन ब”न्दुक उठाउनु पर्छ’ भन्ने तर्क र अडान राखे। त्यसबीचमा तत्कालीन नेकपा एकता केन्द्रभित्र एक वर्षसम्म अन्तर्संघर्ष चलिरह्यो। त्यो अन्तर्संघर्षबाट पार नलाग्ने देखेपछि प्रचण्ड–वैद्यले २०५२ साल जेठ १७ गते चितवनमा अलग पार्टी गठनको घोषणा गरे। ‘रोल्पाको जात्रामा त्यो घटना नघटेको भए, ज’नयु’द्ध सुरु हुन्थ्यो?’ पंक्तिकारले शेरचनलाई सोध्यो।

उनले जोड दिएर भने, ‘हुँदैनथ्यो, ‘मेन कज’ नै त्यही घटना (रोल्पामा ‘केटी’ जिस्काएको) हो, त्यहीँबाटै सुरु भएको हो।’‘जुलुस नै लिएर तारिख धाउनुपर्ने अवस्था त हदै भयो नि! त्यसपछि हामीलाई हति”यार उठाउन देऊ भनेर साथीहरूको प्रेसर आएकोआएकै, पूरै युवाहरू तयार भएपछि नेतृत्वले पनि कति दिन पार्टीमा थेग्ने?,’ शेरचन अगाडि भन्छन्, ‘अन्ततः त्यस्तो परिस्थितिबाट ज’नयु’द्ध’सुरु भयो,२०५२ साल फागुन १ बाट।’ – नेपालन्युजडटकमबाट

प्रतिक्रिया दिनुहोस
सहमतिको खाका तयार गर्दै नेकपा

काठमाडाैं,असार २२ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल

नेकपा १४ जिल्लाका अध्यक्षहरुकाे एउटै स्वर- नेतृत्वले पार्टी टुटफुट र विभाजन रोकाेस्

विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका

बन्दाबन्दी अवधिमा यातायात खर्च नलिने

पोखरा – नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, नेकपाकै नेताहरू सशंकित

काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति

अनलाईन टिभी