fbpx

फागुन ११ गते आफ्नो जन्मस्थल जाँदै प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्म दिन मनाउन जन्मस्थल तेह्रथुमको आठराई जाने भएका छन् । फागुन ११ प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य र केही निकट व्यक्तिलाई लिएर जन्मदिन मनाउन जन्मस्थल तेह्रथुमको आठराई जाने तय भएको हो।

यद्यपि प्रधानमन्त्रीले जन्मदिन मनाउने क्रममा के–के गर्ने भन्ने विवरण खुलासा भइसकेको छैन । प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत जन्मस्थल जाने, त्यहाँ आफ्नो जन्म दिन मनाउने र सोही दिन राजधानी फर्किने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओली सोही दिन भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्वाङको गृह जिल्ला पाँचथरमा आयोजित एक कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि तय भएको नेकपा नेतृ सुनिता बरालले जानकारी दिइन्। गत वर्ष प्रधानमन्त्री ओलीले ६८ औ जन्म दिन बालुवाटार परिसरमा आँपको विरुवा रोपेर मनाएका थिए।

उक्त दिन गत वर्ष प्रधानमन्त्री ओलीले केक काटेर बुवा मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यलाई खुवाएका थिए। गत वर्ष प्रधानमन्त्रीको जन्म दिनमा बलिउड अभिनेत्री जया प्रदासमेत बालुवाटारमा पुगेकी थिइन्।

प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।

प्रतिक्रिया दिनुहोस
विनोद चौधरीलाई गोकुल बाँस्कोटाले भनेका थिए,- २० करोड राख्ने मेरो घर नै छैन

काठमाडौं । दुई हप्ता अघि सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेमात्रै लाइसेन्स पाउने

चुनावको खर्च उठाउने प्र,वृत्ति बढ्यो – पूर्व कानुनमन्त्री तामाङ

काठमाडौं । पूर्व, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका नेकपा सांसद शेरबहादुर तामाङले

निवर्तमान सञ्चारमन्त्री बास्कोटाको सचिवालयमा अख्तियारको छापा, कागजात ब,रामद

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छा,पा

स्वीस दुतावासले भन्यो,- सञ्चारमन्त्री प्र,करणमा दूताबासको सं,लग्नता छैन

काठमाडौ,८ फागुन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड

अनलाईन टिभी