एम्बाप्पेको ह्या ट्रिकमा पीएसजी लगातार छैटौँ पटक फ्रेन्चकपको फा इनलमा


एजेन्सी । काइलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई हराउँदै लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा स्थान पक्का गरेको छ । पीएसजीले लियोनलाई ५–१ को विशाल अन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता भने लियोनले लिएको थियो । मार्टिन टेरियरले खेलको ११ औँ मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । तर, लगत्तै एम्बाप्पेले पीएसजीलाई खेलमा फर्काए ।

पहिलो हाफ १–१ को बराबरीमा अन्त्य भए पनि दोस्रो हाफमा पीएसजीले गोलको वर्षा ग-यो । एम्बाप्पेले आफ्नो ह्याट्रिक पूरा गरे भने नेयमारले पेनाल्टीबाट एक गोल थपे । अर्को गोल पाब्लो साराबियाले गरे ।

थोमास टुचेलको टोलीले अप्रिल २५ मा खेलिने फाइनलमा सेन्ट एटिने र रेनेसबीचको विजेतासँग भिड्नेछ । गत सिजनको फाइनलमा पीएसजी रेनेससँग फाइनलमा पेनाल्टीमा स्तब्ध बनेको थियो । त्यसअघिका चार फाइनलमा भने पीएसजीले कब्जा जमाएको थियो ।

पीएसजी घरेलु लिगमा २३ खेलमा अपराजित रहेको छ । लिग वानको शीर्ष स्थानमा १३ अंगको अग्रता बनाएको छ । अप्रिल ४ मा पीएसजीले फ्रेन्च लिग कपको फाइनलमा लियोन कै सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

रोनाल्डिन्होलाई जे’लबाट छु टाउन मेस्सीद्वारा चार मिलियन युरो स हयोग

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन चार मिलियन

टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको

धनकुटाको तमोर नदी किनारामा प्रदेश स्तरीय ‘विच भलिबल’, यसरी खेलिन्छ चारजनाले मात्र खेलिने यो खेल (भिडियो सहित)

धनकुटा । धनकुटामा जारी प्रथम प्रदेश स्तरीय पु्रुष विच भलिबल उपाधी सुनसरीले जि,तेको

अनलाईन टिभी