fbpx

जसले आईसीयूबाटै देश च,लाए

आईसीयूबाटै देश च,लाउने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र केपी ओलीको नि,यति

काठमाडौं । नेपालले बीपी कोइराला, शेरबहादुर देउवा, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापाबाहेक प्रधानमन्त्रीमा युवा पाएको छैन । यी चारबाहेक जति पनि प्रधानमन्त्री भएका छन् सबै वृद्ध उमेरमै प्रधानमन्त्री बनेका छन् । नेपालमा युवा प्रधानमन्त्री हुनेमा बीपी कोइराला पहिलो नम्बरमा आउँछन् । उनी ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । कोइरालापछि सूर्यबहादुर थापा ३८ वर्षको उमरेमा प्रधानमन्त्री बनेका थिए । थापापछि मरिचमान श्रेष्ठ ४४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । यस्तै, कांग्रेसका हालका सभापति शेरबहादुर देउवा ४९ वर्षमा प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसबाट प्रधानमन्त्री बन्ने अरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला वृद्ध उमेरमै प्रधानमन्त्री बनेका थिए । कम्युनिस्टबाट प्रधानमन्त्री बन्ने मनमोहन अधिकारी, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई पनि पाको उमेरमै प्रधानमन्त्री बनेका थिए ।

२०५६ सालमा दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका संस्थापक नेता भट्टराई शारीरिक रूपमा सशक्त थिएनन् । दैनिक तीन–चार घन्टाभन्दा खट्न सक्ने अवस्था थिएन, निश्चित व्यक्तिबाहेक अरुलाई भेटन सक्ने अवस्था थिएन । त्यतिबेला तत्कालीन प्रतिपक्षी पार्टी एमालेले एउटा व्यक्तिको स्वास्थ्यका कारण मुलुक किन ब,न्धक बस्ने ? भन्ने प्रश्न उठाउने चे,ष्टा गरेको थियो । यो चे,ष्टालाई जनताले रुचाएनन् । भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर कांग्रेसले भोट मागेको थियो । जनता चाहन्थे, यो पाँच वर्ष भट्टराईले नै मुलुक चलाउन् ।

तर प्रधानमन्त्री पदका अर्का आकां,क्षी गिरिजाप्रसाद कोइरालालाई तेस्रोपटक प्रधानमन्त्री बन्ने लो,भ जाग्यो । उनले घोषाणा गरे– ‘किशुनजी मेरा बालककालदेखिका अभिन्न मित्र हुनुहुन्छ, आफ्ना मित्रलाई मैले प्रधानमन्त्री बनाएँ, उहाँ पाँच वर्ष प्रधानमन्त्री बनेको म हेर्न चाहन्थें, तर अस्वस्थ व्यक्तिबाट मुलुक चल्दो रहेनछ, कुनै व्याक्तिसँगको मित्रता ठूलो कि मुलुकको भविष्य ठूलो भन्ने प्रश्नको उत्तर धेरै दिन मैले आफ्नो अन्तर्आत्माबाट खोजेँ, अन्त्यमा मेरो अन्तर्आत्माले भन्यो, मुलुकभन्दा ठूलो केही पनि होइन, त्यसैले मैले अभिन्न मित्र किशुनजीसँग राजीनामाको माग गरेको हुँ ।’

जनमत आफ्नो पक्षमा भएको महसुस गरेका भट्टराईले सभापति कोइरालाको पहिलो आग्रहलाई स्वीकार गरेनन् । कोइरालाले पार्टी सभापति पदको अ,स्त्र प्रयोग गरी संसदीय दलको जोडघटाउको रणनीति अ,वलम्बन गरेपछि भट्टराईसँग दुईवटा विकल्प बाँकी रहे । पहिलो विकल्प थियो– ‘पार्टी विभाजन गर्ने ।’ दोस्रो विकल्प थियो– ‘राजीनामा दिने ।’ उनले दोस्रो विकल्प रोजे ।

भट्टराईलाई विरामी भनेर प्रधानमन्त्रीबाट हटाएका कोइराला चौथोपटक प्रधानमन्त्री बन्दा आफैं शारीरिक रूपमा क,मजोर थिए । हरेक समय अस्पताल पुग्नुपथ्र्याे । धेरै समय त आईसीयूमै भ,र्ना भए । यतिबेला प्रधानमन्त्री केपी ओली पनि तत्कालीन प्रधानमन्त्री भट्टराईकै नियतिमा छन् । जसरी २०५६ सालमा भट्टराईका नाममा जनताले नेपाली कांग्रेसलाई बहुमत दिलाएका थिए, त्यसरी नै गत आमनिर्वाचनमा ओलीका नाममा जनताले वाम गठबन्धनलाई बहुमत दिलाएका हन् । अर्थात् वाम गठबन्धन बन्नु र वाम गठब,न्धनका नाममा करिब दुई तिहाइ बहुमत आउनुमा ९० प्रतिशत भूमिका ओलीकै छ ।

२०५६ सालको आमनिर्वाचनमा होमिँदा भावी प्रधानमन्त्री भट्टराई शा,रीरिक रूपमा दु,र्बल थिए, त्यसरी नै गत आमनिर्वाचनमा हो,मिँदा भावी प्रधानमन्त्री ओली पनि शारीरिक रूपमा दुर्बल नै थिए । जसरी २०५६ सालमा दोस्रोपटक प्रधानमन्त्री हुँदा भट्टराई दैनिक लामो समय काममा खटिन सकेका थिएनन्, महत्वपूर्ण नेता तथा कार्यकर्तालाई भेट्न सकेका थिएनन्, त्यसरी नै अहिलेका प्रधानमन्त्री ओली पनि दैनिक लामो समय काममा ख,टिन सकेका छैनन्, महत्वपूर्ण भेटघा,ट गर्नसकेका छैनन् ।

जसरी तत्कालीन प्रधानमन्त्री भट्टराईको शारीरिक दु,र्बलताको फाइदा उठाएर केही आसेपासे तथा भरौटेहरूले चरम स्वार्थ लु,टेका थिए, त्यसरी नै अहिले प्रधानमन्त्री ओलीको शारीरिक दु,र्बलताको फाइदा उठाएर केही आ,सेपासेले च,रम स्वार्थ लु,टिरहेका छन् । ओली दोस्रोपटक मिर्गौला प्र,त्यारोपणपछि आराम गरिरहेका छन् । तर, उनलाई आराम गर्न दिइएको छैन । ज,बर्जस्ती भेटघा,ट र काममा लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
पाख्रीवासमा समाजवादी नगर कमिटीको बैठक सम्पन्न

धनकुटा खबर, चैत ३ । समाजवादी पार्टी पाख्रीवास नगर कमिटीको बैठक आज पाख्रीवासमा

गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन – उपप्रधानमन्त्री पोखरेल

कैलाली । सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले

गीता छो,एर अब नफु,ट्ने क,सम खाए राप्रपाका शी,र्ष नेताले

काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी

नेकपा महाधिबेशन – झापामा सदस्यता नविकरणको काम ति,ब्र

प्रदिप दास, दमक । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले यहि फागुन मसान्तभित्रमा सदस्यता

अनलाईन टिभी